‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

अर्घाखाँची पहिरोले घर पुरिँदा तिन जनाको मृत्यु

पहिरोले पुर्दा एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका–१ गोवनपानीमा माथिबाट खसेको पहिरोले घर पुर्दा १२ वर्षीय खुमबहादुर राष्कोटी, ११ वर्षीय अञ्जु राष्कोटी र १० वर्षीय धनबहादुर राष्कोटीको मृत्यु भएको वडाध्यक्ष कमलप्रसाद पोखरेलले बताए ।

सख्त घाइते १४ वर्षीय सचिन राष्कोटीलाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

बिहान ८ बजेतिर एक्कासि घरमाथिबाट पहिरो खसेको र चार जना पुरिएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । पुरिएका चारै जनालाई प्रहरी र स्थानीयले पहिरोबाट निकालेका थिए । रातभरको अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर भत्किएको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित