मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

गौतमबुद्ध विमानस्थलमा समानान्तर ट्याक्सी-वे बन्ने, ३ अर्ब ९९ करोड लागत

बुटवल । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वेस सहितका संरचना बन्ने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले विमानस्थलमा समानान्तर ट्याक्सी वेसहितका संरचना निर्माण गर्न लागेको हो ।

प्राधिकरणले हालै संरचना निर्माणका लागि आशिष क्षमादेवी बुद्ध हिमाली जेभीलाई दिने गरी बोलपत्र स्वीकृत भएको छ ।

प्राधिकरणका अनुसार यो ठेक्का कुल लागत ३ अर्ब ९९ करोड ४९ लाख ९३ हजार ७१० रुपैयाँमा लागेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ धावनमार्ग बनेसँगै अहिले उडान त्यहीँबाट भइरहेको छ । यस विमानस्थलको पुराना धावनमार्गलाई पुनर्स्थापित गरी नयाँ धावनमार्गसँग जोड्दै समानान्तर ट्याक्सी वे, एप्रोनसहितका संरचना बनाउने प्राधिकरणको योजना छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित