‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

राष्ट्रिय युवा सघं नेपाल रुपन्देही द्वारा शैक्षिक सामाग्री वितरण

राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले मदन जयन्तीको अवसरमा गैडहवा गाउं पालिकाको वडा न १ मा रहेको मदरसा मदीन तुलवलुमका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

मदन जयन्तीको अबसरमा साप्ताहिक कार्यक्रम अन्र्तरगत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको राष्टिय युवा सघ रुपन्दही उपाध्यक्ष दिपक खडगीले बताए । पछाडी परेका र अल्पसंख्यक गरिब तथा जेहेनदार ४० जना विद्यार्र्थीलाई एक वर्ष पुग्ने शैक्षिक सामाग्री वितरण गरिएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य बुद्वि थापाले मदन जयन्ती अवसरमा रुपन्देही युवा संघले सामाजिक क्षेत्रमा बिभिन्न खालका कार्यक्रम गरेर देशभर राम्रो सन्देश दिएको बताए । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सानो सहयोगले पनि ठुलो राहत पुग्ने बताए। युवाहरु राजनितिमा मात्र नभएर सामजिक क्षेत्रमा पनि सकृय रहेको बताए ।

आगामि दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य मनोज गौचन, केन्द्रीय सदस्य कल्पना पाडे मगर, जिल्ला उपाध्यक्ष दिपक खड्की, जिल्ला कोषाध्यक्ष नारायण थापा, नेकपा एमाले जिल्ला सदस्य तथा क्षेत्र नम्बर पांचका सचिव भरतमणि सापकोटालगायतले मन्तव्य राख्नुभएको थियो । कमल परियारको अध्यक्षयता, समुन घिमिरेको सन्चालन र सुमन पन्तको स्वागतमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित