३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

संस्कार सहितको शिक्षा दिने अक्सफोर्डकाे कक्षा ११ मा बढ्यो विद्यार्थीकाे चाप

अब १/२ दिनमा एसईईको रिजल्ट आउंने राष्ट्रिय परीक्षा बाेर्डले बताएको छ । एसईईको रिजल्टपछि विद्यार्थीहरु प्लस टु पढाई हुने शिक्षण संस्थामा भर्ना हुनुपर्छ ।

तर विद्यार्थीहरु एसईईको रिजल्ट नआउंदै आफू कहां पढ्दा राम्रो होला भनेर राम्रा शिक्षण संस्थाबारे बुझ्दै भर्ना हुने प्रकृया बारे जानकारी लिन थालिसकेका छन् ।त्यसै मध्येकाे एक सबैभन्दा बढि विद्यार्थीकाे राेजाईमा परी चाप हुने संस्था हाे अक्सफोर्ड मा वि बुटवल ।

म्यानेजमेन्ट ,शिक्षाशास्त्र तथा विज्ञान संकायमा पढाई हुने बुटवलकाे अक्सफोर्ड मा.वि केही बर्ष यता सबै तहमा उत्कृष्ट रिजल्ट ल्याए सङ्गै सबै वर्गका विद्यार्थीको मुख्य रोजाई बन्दै आएको छ । अझ कक्षा ११ र १२ लागि अक्सफोर्ड देशकै अग्रपंक्तिमा आउने गरेको शिक्षाविद्हरू बताउने गरेका छन्।

एसईई दिएर रिजल्टको पर्खाइमा बसेका विद्यार्थीहरु अक्सफोर्डमा पढाई हुने विषयहरु,मासिक शुल्क, छात्रवृत्ति तथा कलेजका विशेषताहरुबारे बुझ्न दिनहुं जसो उल्लेख्य संङ्ख्यामा संस्था भिजिट गर्न आउन थालेका छन् ।

अक्सफोर्डले २०७८ काे एसईई परीक्षामा सम्मिलित २ जना विद्यार्थीहरू दिपेश भुसाल र विलक्षण भुसालले ४ जिपिए सहित उत्कृष्ट रिजल्ट ल्याएको थियोे । त्यस्तै २०७८ काे कक्षा १२ काे रिजल्टमा पनि मिना खनालले ३.९० ,एलिना रायमाझीले ३.८१ जिपिए सहित देशम‌ै उत्कृष्ट रिजल्ट ल्याएकाे थियोे ।प्रत्येक बर्ष अक्सफोर्डबाट १२ कक्षा पास गरेका ३०/४० जना विद्यार्थीहरूले MBBS तथा इन्जिनियरिङ्गमा नाम निकाल्ने गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिए।

अक्सफोर्ड मा वि संस्कार सहितको आफ्नै पाठ्यक्रम निर्माण गरि सिकाउने नेपालकै पहिलो विद्यालय भएको हुदा पनि यहाँ विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षा भन्दा पनि ब्यबहारिक शिक्षा सिकाउने ,भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न भवन,अनुशासित र पुर्णत शैक्षिक वातावरण,सुविधासम्पन्न कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याब,कलेज बस, पढाई कमजोर भएका विद्यार्थीलाई विशेष कक्षाकाे सुविधा ई लाइबेरी र लाइब्रेरी,विद्यार्थीको चौतर्फी विकासका लागि नियमित अतिरिक्त क्रियाकलाप,विभिन्न खेलकुद तथा प्रविधिकाे प्रयाेगबाट शिक्षण सिकाईकाे साथै संस्कारयुक्त ब्यबहार सिकाई जीवनाेपयाेगी शिक्षाको कारण विद्यार्थी तथा अभिभावकको रोजाई बन्दै गएको प्राध्यापक सुमन भुसालले बताए ।

गत वर्ष कक्षा ११ सबै संकायमा गरी ९ सय ५० विद्यार्थी भर्ना गरेकोमा अहिले भने थप गुणस्तरकाे लागि ७५० जना मात्र विद्यार्थी भर्ना गर्ने विद्यार्थी तथा अभिभावकहरूमा जानकारी भएको हुदा रिजल्ट प्रकासनकाे पुर्व सन्ध्यामै विद्यार्थीहरूकाे चाप बढिरहेको हुदा ,यसको ब्यबस्थापन गरि सकेसम्म अभिभावकहरूका चाहानाहरू समेट्ने प्रयासमा आफुहरू जुटेको प्राध्यापक भुसालले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित