‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

तिनाउ नदीले पार गर्‍यो खतराको तह, रूपन्देहीमा उच्च सतर्कता

तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार रूपन्देही, पाल्पा, नवलपुर र आसपासका क्षेत्रहरूमा भारी वर्षा भएकाले तिनाउ नदीमा बाढी आएको छ।

शनिबार बिहान ८ बजे तिनाउले खतराको तह पार गरेको हो। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७.२२ मिटर पुगेको छ।

महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ। तिनाउ नदीको जलसतह ६.८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणी पाण्डेले तिनाउले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे जानकारी गराउँदै सतर्क रहन भनिएको बताए।

तिनाउले खतराको तर पार गरेपनि अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको उनले जानकारी दिए। सिडिओ पाण्डेले आफूसहितको टोली अवलोकनका लागि जान लागेको पनि जानकारी गराए।

‘विशेषगरी खोला किनारमा रहेका घरहरूमा नबस्न भनेका छौं, सबै स्थानीय सरकारलाई यसबारे सूचित गराई सतर्क अवस्थामा राखेका छौं,’ उनले भने।

सिडिओ पाण्डेले सुरक्षाका तीनै निकायलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको बताए।

‘विपद् उद्धार टोली र रेडक्रस पनि तयारी अवस्थामा छ,’ उनले भने।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित