‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

रुपन्देहीमा मध्य असार सम्म जम्मा ८ प्रतिशत रोपाइँ

बुटवल । समयमै बर्षा नहुँदा रुपन्देहीमा मध्य असार सम्म जम्मा ८ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले समयमा वर्षा नभएकाले रुपन्देही सहित प्रदेशमै यस पटक कम रोपाइँ भएको बताए ।
रुपन्देहीमा ८ प्रतिशत रोपाइँ भएपनि लुम्बिनी प्रदेशमा समग्रमा ११ प्रतिशत मात्रै रोपाइँ भएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ८० हेक्टरमा मात्रै रोपाइँ भएको उनले बताए ।
गत बर्षको असार १५ सम्म लुम्बिनी प्रदेशमा ३२ दशमलव ७१ प्रतिशत रोपाइँ भइसकेको थियो । अहिले गत वर्षको भन्दा २१ दशमलव ६२ प्रतिशतले कम रोपाइँ भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित