‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बम पड्काउदै फिरौती रकम माग गर्ने गिरोहका तीन जना पक्राउ

बुटवल। बम पड्काउदै फिरौती रकम माग गर्ने गिरोहका तीन जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सियारी गाउ“पालिका–४ का २७ वर्षीय अब्दुल हाकिम खांन, रुपन्देहीको कोटहीमाई–३ पर्सियाका वर्ष २२ का सुरज लोहार, कोटहीमाई–४ का सुरज थारुलाई रुपन्देही प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
उनीहरुलाई रुपन्देहीको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर विकले जानकारी दिए । उनीहरु तीनै जना रुपन्देहीका विभिन्न स्थानमा बम पड्काउने र फिरौती रकम माग गर्ने अपराधिक कार्यमा संलग्न भएको प्रहरीको दावी छ । गत मंगलबार पक्राउ परेका उनीहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । घटनामा अन्य व्यतिmहरु संलग्न रहेको आशंका प्रहरीको छ
प्रहरीका अनुरसार नया“ वर्षको सुरु दिन अर्थात् २०८० वैशाख १ गते सियारी गाउ“पालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरलाई लक्षित गरी पर्खालमा प्रेसर कुकर बम राखेका थिए । उक्त बम स्थानीयको सूचनालगत्तै नेपाली सेनाको टोलीले डिस्पिोज गरेको थियो । यस्तै असार एक गते व्यवसायी भैरवप्रसाद कलवारको सिद्धार्थनगर–४ मा रहेको दाना फ्याक्ट्री गोदामको पर्खाल बाहिर पे्रसर कुकर बम विस्फोट गराएका थिए । व्यक्तिसंग फिरौती माग गर्ने र तर्साउने उद्देश्यले सिटी हस्पिटल भैरहवा नजिकै सडकमा समेत बम विस्फिोट गराएको र यी सबै घटनामा तीनै जनाको सम्लग्नता रहेको तथ्य फेला पारेको प्रहरीको भनाइ छ ।
उनीहरुबाट दुई थान मोटरसाइकल र पांच थान मोबाइलसमेत प्रहरीले बरामद गरेको जनाएको छ । रुपन्देहीमा सिरियल रुपमा बम भेटिने तथा चोरी बढ्दै जान थालेपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी उमेशकुमार जोशी आफैंले सक्रियता बढाएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित