मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

महिला दर्शनार्थीलाई ‘अभद्र व्यवहार’ गर्ने पाल्पा भैरवस्थानका पुजारी निलम्बित

पाल्पा — पाल्पाको प्रसिद्ध भैरवनाथ मन्दिरका मूल पुजारी जितनाथ योगीलाई मन्दिर व्यवस्थापन समितिले निलम्बन गरेको छ । पुजारी योगीले महिला दर्शनार्थीहरुमाथि अभद्र व्यवहार भएको गुनासो आएपछि समितिको आकस्मिक बैठकले जिम्मेबारीबाट हटाउने निर्णय गरेको हो ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पुजारी योगीले महिला दर्शनार्थीलाई अभद्र व्यवहार भएको सार्वजनिक भएपछि तत्काल बैठक बसेर निलम्बन गरेको समितिका अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताए । समिति अध्यक्ष पोखरेल र सचिव दिलीप रायमाझीले प्रेस विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानबिन नहुँदासम्म मन्दिरमा वहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जनाइएको छ । मन्दिरमा दैनिक ५ सयभन्दा बढी दर्शनार्थी भैरवनाथको पूजा गर्न पुग्छन् ।

रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानमा अवस्थित यस मन्दिरका मूल पुजारी ७० वर्षीय योगीले दर्शनका लागि आउने महिलामाथि यौनजन्य दुव्यर्वहार गरेको आरोप लागेको हो । दर्शन गर्न पुग्ने महिलालाई टीका लगाउने र प्रसाद दिँदा दुव्यर्वहार गरेको गुनासोका आधारमा समितिले निलम्बन गरेको जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित