रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश स्क्रबटाइफसबाट पाल्पामा एक बालिकाको मृत्यु सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल                
समाचार :

चारपाला सामुदायिक वनमा वृक्षरोपण

बुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगरले बिहीबार वृक्षरोपण गरेको छ । वृक्षरोपण दिवसको अवसर पारेर विभिन्न २ हजार ६०० वटा विभिन्न प्रजातिका विरुवा २.५ हेक्टर क्षेत्रमा लगाएका हो । डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा विरुवा उपलब्ध गराईका थिए । तारवार सहित वृक्षरोपण गरिएको थियो ।
वृक्षरोपण कार्यक्रमका बोल्दै चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगतनाथ पौडेलले वनको विकास गर्दै पर्या पर्यटन विकासको क्षेत्रमा वनले काम गर्दै आएको बताए । वनमा डढेलो नियन्त्रणको लागि अग्नि रेखा निर्माण, ढलापला काठ संकलन र उपभोक्तालाई विक्री वितरण गरिएको जानकारी दिए । आगामी दिनहरुमा पनि वन विकास र स्वच्छ अभियान, वृक्षरोपणलाई व्यापक बनाउने नीति अनुसार काम गर्दै जाने प्रतिबद्धता अध्यक्ष पौडेलले व्यक्त गरे । चारपाला नेपालकै ठूलो सामुदायिक वन हो ।

वनका सल्लाहकार उदय राज काफ्लेले वनको संरक्षण र विकास गर्न सबैको सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा राम कुमारी पौडेल, दुर्गा पाठक पाण्डे लगायतले बोलेका थिए । कार्यक्रममा सम्पूर्ण कार्य समिति, सल्लाहकार, लेखा, न्यायिक समिति, उपसमितिका उपभोक्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित