रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

अनेरास्ववियु रुपन्देही द्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियु रुपन्देही जिल्लाले मदन जयन्ती अबसरमा विहिबार बुटबलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र के सि ले अनेरास्ववियुले मदन जयन्ती अबसरमा रक्तदान कार्यक्रम गरेको र मदन भण्डारी प्रति सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा बोल्दै अनेरास्ववियु रुपन्देही जिल्ला सयोजक रमेश ढकालले रगतको अभावबाट कसैको ज्यान जान नपरोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।


कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि उप सचिव चित्र बहादुर कार्की, नेकपा नेकपा एमाले सचिवालय सदस्य राजेन्द्र ढकाल, नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा बिद्यार्थी इन्चार्ज यम पाण्डे, अनेरास्ववियुका स्थायी कमिटि सदस्य लेखनाथ खनाल, नेकपा एमाले जिल्ला सदस्य बालकृष्ण पाण्डे, नेकपा एमालेका नगर अध्यक्ष किसन ज्ञवाली, उपाध्यक्ष शोभाखर पोखरेल, अनेरास्ववियु केन्द्रीय सदस्य साजन भण्डारी, शेषकान्त पोखरेल, कृष्ण बस्याल, सन्तोष वाठा, आकाङक्षा भण्डारी, केन्द्रीय लेखा आयोग सदस्य दिपक चापागाई, माधब के.सी, नेकपा एमाले बुटबल उपमहानगरपालिका बडा न ११ का अध्यक्ष दिननाथ भटराई, लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम प्रकास पराजुलीकोे सन्चालन, भरत अर्यालको स्वागत तथा जिल्ला संयोजक रमेश ढकालको अध्यक्षयतामा सम्पन भएको थियो । कार्यक्रमबाट ७५ युनिट रगत सङकलन भएको थियो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित