‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

तिलोत्तमामा अबदेखि खाना फ्याँक्न नपाइने

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आलु र प्याजमा आत्मनिर्भर हुने, प्रमुख बालीमा देखापर्ने रोगको शीघ्र निदानको लागि बिशेषज्ञ सहितको बाली उपचार शिविर सञ्चालन गर्ने र बाली बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

नगरपालिकाले भूमि बैंक बनाई सार्वजनिक तथा नदी उकास जग्गामा बैदेशिक रोजगारीबाट फर्किएका युवा, स्थानीय युवा, आमा समूह आदिलाई तुलनात्मक लाभ बढी हुने फलफूल तरकारी खेती गर्न प्रोत्साहन गर्ने बताएको छ । यी कार्यक्रम नीतीमा समेटिएकाे छ ।

सामूहिक खेती अपनाउने समूहलाई जोताइमा ५० प्रतिशत अनुदान दिने, पशुहरुमा देखिएको लम्की स्किन रोगविरुद्ध ७ हजार खोप लगाउने, विशेषज्ञ पशु चिकित्सक सहितको भेट एम्बुलेन्स सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

एक महिला विद्यालय सञ्चालनमा ल्याउने, विद्यालयमा सिर्जनशील शुक्रबार कार्यक्रम सञ्चालन गरिने तिलोत्तमाको घोषणा छ ।

त्यस्तै तिलोत्तमा–१० को सेमरा स्वास्थ्य केन्द्रलाई मातृ शिशु अस्पतालमा स्तरोन्नति गर्ने, खाना फ्याक्न नपाइने नीति लागु गर्ने, मेड इन तिलोत्तमा घरको स्थापना गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, विभिन्न सुपर मार्केटसंग सम्झौता गरी तिलोत्तमाको उत्पादन बिक्री गर्ने पनि घोषणा गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित