भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

टोमलाल पाण्डेको स्मृतीमा काठमाडौंमा धुर्कोट सम्पर्क मंचको स्मृति कार्यक्रम

  •  धुर्कोटमा शालिक बनाइने
  • काठमाडौं । नेकपा एमाले गुल्मीका तत्कालीन अध्यक्ष टोमलाल पाण्डेको ७० औं जन्मदिन पारेर काठमाडौंमा धुर्कोट काठमाडौ सम्पर्क मंचले स्मृती कार्यक्रम गरेको छ ।

    शनिवार शंखमुल स्थित एआईए स्कूलको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न दलका नेता तथा पाण्डेका समकक्षिले टोमलाल पाण्डेको राजनीतिक सामाजिक जीवनका विविध पक्षमा चर्चा गरे । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालिले टोमलाल पाण्डेका विविध राजनीतिक र सामाजिक सेवाका पक्षमा प्रकास पारेका थिए ।

    उपमहासचिव ज्ञवालिले लामो समय गुल्मी जिल्लाको राजनीतिक र सामाजिक सेवामा आवद्ध पाण्डे नयाँ पुस्ताकालागी अनुकरणिय व्यक्तित्व बन्न सफल हुनु भएको बताए । राजनिति म केन्द्रित बनिरहेको समयमा टोमलाल जस्ता त्यागी नेता सधै र सबैका उत्प्रेरणाका श्रोत बनिरहनेमा उपमहासचिव ज्ञवालिले जोड दिएका थिए ।

    पाण्डेलाइ सम्झदै नेकपा एमालेका सचिव तथा गुल्मी जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर दुइ प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टले लामो समयदेखी आफू उहाँकै सानिध्यमा रहेर काम गरेको स्मरण गरेका थिए । पार्टीको काममा लमजुङमा रहेका सचीव विष्टले फोन मार्फत सम्बोधन गर्दै सानै देखि आफू टोमलालजिको सरल र सहयोगी सोचबाट प्रभावित भएको बताउदै टोमलालले आफुलाइ विद्यार्थी कालमा गरेको सहयोगको सम्झना समेत गरेका थिए ।

    कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराइले धेरै मान्छे पद र शक्तिले अरुमाथि राज गर्ने तर टोमलाल त्याग र समर्पणले आममानिसको दिलमा बसेको सच्चा इमान्दार नेता भएको बताए । कार्यक्रमलाइ सम्बोधन गर्दै पाण्डेका पुराना मित्र तथा वरिस्ठ बामपन्थी नेता लोककृस्ण भट्टराईले पुस्पलाल माओजस्ता र टोमलाल चाउएनलाइ जस्ता नेता भएको बताए ।

    ०२७ सालमा पुस्पलालको हातबाट कम्युनिस्ट पार्टिको सदस्यता लिएर राजनितिमा होमिएका पाण्डेलाइ नेपाली काङ्ग्रेसका नेता त्रैलोक्य प्रताप शेनले आदर्श बामपन्थी नेताको रुपमा सस्मरण गरे ।

    पाण्डे गुल्मी जिल्ला बार एसोसिएसनको अध्यक्ष समेत रहनु भएको थियो । पाण्डेका पुराना मित्र तथा वरिस्ठ अधिवक्ता रबिनारायण खनालले पाण्डे राजनिती , न्यायनीति र समाजसेवाको अथक योद्धा रहेको बताएका थिए ।

    माओबादी केन्द्रका केन्द्रीय सदस्य निलकण्ठ तिवारिले रास्ट्रीयता अफ्ट्यारो परेको अहिलेको अवस्थामा टोमलाल पाण्डेजस्ता रास्ट्रबादी नेताको अभाव खड्किएको बताए । कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दिनेश पन्थी, एमाले केन्द्रिय सदस्य गणेश खनाल , केन्द्रिय लेखा आयोग सदस्य भिम पौडेलले पनि पाण्ड्को जिवनका बिबिध आयाम बारे प्रकाश पारेका थिए ।

    नेपाली काङ्ग्रेसका नेता छन्द पहराइ, गुल्मिका पुर्व साम्सद टङ्क पोखरेल , नेकपा मालेका नेता ओम अर्याल र बाम बुद्धिजीवी खिमानन्द पन्थि एमाले नेता सुशील भट्टराई र गणेश श्रीपालिले कार्यक्रममा टोमलाल पाण्डेको बारेमा बोलेका थिए । पाण्डे बीस २०३१ देखि २०३५ सम्म अबिभाजित अनेरास्ववियुको केन्द्रिय नेता थिए । यस्तै एमालेका हालका अध्यक्ष केपि ओलि सस्थापक अध्यक्ष रहेको प्रजातान्त्रिक रास्ट्रीय युवा संघ नेपालको सस्थापक सचिव थिए ।

    नेकपा एमाले धुर्कोट काठाण्डौ पालिका सम्पर्क मन्चको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता मंचका अध्यक्ष विमल घिमिरेले गरेका थिए भने संचालन मंचका सचीव रमेश काउछाले गरेका थिए । धुर्कोटमा नेताद्वयको शालिक मंचले गुल्मीको धुर्कोटमा निर्माणधिन टोमलाल बोमलाल स्मृती भवनमा नेताद्वयको शालिक निर्माण गर्ने घोषणा गरेको छ ।

    गुल्मीको वामपन्थि आन्दोलनमा अमूल्य योगदान दिएका नेताहरु स्व. टोमलाल पाण्डे र बोमलाल खड्काको शालिक निर्माण गरि धुर्कोटमा निर्माणाधिन भवनमा राखिने कार्यक्रममा मंचका अध्यक्ष विमल घिमिरेले जानकारी दिए । साथै नेताहरुको स्मृती ग्रन्थ प्रकाशनको तयारी गरिएको पनि घिमिरेले बताए । शालिक निर्माण र स्मृति प्रकाशनका लागि विभिन्न उपसमिति बनाएर काम शुरु गरिसकिएको मंचका सचिव रमेश काउछाले बताए ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित