‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

रुपन्देहीमा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गर्न सुरु

राष्ट्रपतिबाट प्रमाणीकरण भइ नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ कार्यान्वयन गर्ने बाटो खुलेसँगै रुपन्देहीमा आइतबारदेखि नागरिकता वितरण सुरु गरिएको छ ।

२०६३ मा जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबारदेखि वशंजको आधारमा नागरिकता दिन सुरु गरेको हो ।

आइतबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का तीनजनालाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्दै नागरिकता वितरण कार्यको शुभारम्भ गरेका थिए ।

जन्मको आधारमा नागरिकता प्राप्त सन्तानलाई वशंजको आधारमा नागरिकता वितरण सुरु गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।

नागरिकता पाउँनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का गनेश धोवी, सिद्धार्थनगर–४ कै साबिर अली तेली र सिद्धार्थनगर–४ कै दीपक धवल रहेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित