‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

रुपन्देहीमा सशस्त्र प्रहरीले बरामद गरेको बस्तु सुन भएको प्रमाणित, अघि बढ्यो कारबाही

सशस्त्र प्रहरी रुपन्देहीले बरामद गरेको बस्तु सुन भएको पुष्टी भएको छ । बरामद भएको सुनको तौल १ किलो ९६५ दशमलव ३ ग्राम रहेको शसस्त्र प्रहरी सीमा सुरक्षा बल २७ नम्बर गणका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक दिपक थापाले बताए ।

उक्त सुनको मूल्य १ करोड ८५ लाख ६५ हजार ३ सय ५५ रुपैया हुन आउने सुनचाँदी ब्यवसायीले अनुमान गरेको उनको भनाई छ । बरामद भएको करको मुल्य १५ लाख तोकी भन्सार ऐन अनुसार कारवाही अगाडि बढाइएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । पक्राउ परेका गिरीलाई भन्सार ऐन २०३४ बमोजिम कारवाही हुने भैरहवा भन्सारका सूचना अधिकृत युवराज भट्टराईले बताए ।

दाङ्ग घोराही नगरपालिका वडा नम्बर १० का २१ वर्षिय हुमानन्द गिरी शनिबार राती उक्त सुनसहित पक्राउ परेका हुन् । विशेष सुराकीको आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तरगतको कालीदह नाकामा चेकजाँचको क्रममा गिरीले हाकेको बा १२ च ३८२० नम्बरको कारबाट सुन बरामद भएको एसपी थापाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित