‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

दुई किलो सुनजस्तो पहेँलो धातुसहित एक जना पक्राउ

सुनजस्तै देखिने दुई किलो पहेँलो धातुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बीओपी बयरघाट रुपन्देहीले गएराति लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ बाट कार र चालकसहित सुनजस्तो पहेँलो बस्तु बरामद गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेको बा १२ च ३८२० नं. को कारलाई जाँच गर्दा गियर बक्समा फल्स बटम बनाएर लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा ईट्टा आकारको २ थान सुनजस्तो बस्तु बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार कार र चालक दाङको घोराही नगरपालिका- १० का हुमानन्द गिरीलाई पनि नियन्त्रणमा लिइएको छ । सुनजस्तो बस्तु भैरहवा भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित