‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

कपिलबस्तुमा वनको अतिक्रमण हटाउने टोली र स्थानीयबीच झडप

कपिलवस्तुको मायादेवी साझेदारी वनको अतिक्रमण हटाउने टोली र स्थानीयबीच झडप भएकाे छ ।

केही दिनयता वन कार्यालयले सुरु गरेको अतिक्रमण हटाउने अभियानमा स्थानीयले अवरोध गरेपछि झडप भएको हो ।

पटना क्षेत्रमा रहेका सुकुम्वासीले सशस्त्र वनरक्षकमाथि आक्रमण गरेको भन्दै बन कार्यालयले थप सुरक्षाकर्मी थपेपछि झडप भएको हो ।
झडप हुँदा ८ जना कर्मचारीसहित डेढ दर्जन घाइते भएका छन् ।

स्थानीयलाई विकल्पबिना हटाउन थालेको भन्दै संरक्षण गरेको आरोपमा वाणगंगा नगरपालिका वडा नं १० का वडाध्यक्ष यमप्रसाद पोखरेल पक्राउ परेपछि स्थानीय वनका कर्मचारी तथा सुरक्षाकर्मीमाथि जाइलागेका हुन् ।

जिल्ला बन कार्यालयका प्रमुख विजयराज सुबेदीले वडाध्यक्ष पोखरेलसहित वनका कर्मचारीमाथि जाइलाग्नेलाई पक्राउ गर्न निर्देशन दिएको स्थानीयको आरोप छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित