‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयबाट अन्तरप्रदेशीय रुट परमिट दिइने

  • यातायात कार्यालय बुटवलबाट मात्र दिंदै आएको अन्तरप्रदेशीय रुट परमिट अर्थात बाटो इजाजत अब लुम्बिनी प्रदेशका सबै यातायात व्यवस्था कार्यालयबाट दिइने भएको छ ।

    यातायातको रुट इजाजत सञ्चालन गर्न उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले मंगलबार मातहतका सबै कार्यालयलाई बाटो परिपत्र गरेको हो ।

    मन्त्रालयका शाखा अधिकृत रामप्रसाद घिमिरेले असार ५ गतेदेखि कार्यान्वयन हुने गरी यातायात कार्यालय र जिल्लास्तरमा स्थापना भएका यातायात व्यवस्था सेवा कार्यालयलाई परिपत्र गरिएको बताए ।

    लुम्बिनीको बुटवल, दाङ र बांकेमा यातायात कार्यालय छन भने अन्य जिल्लामा स्थानमा यातायात व्यवस्था सेवा कार्यालय छन । मन्त्रालयले अन्तरप्रदेश दर्ता भएका सवारी साधनको करसमेत सबै यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयहरुमा निर्देशन गरेको छ ।

    सेवामा सहजता ल्याउन र प्रदेश सरकारको मातहतमा आइसकेको अधिकार पूर्णरुपमा कार्यान्वयनको चरणमा लगेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको भनाइ छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित