निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

उद्योग ब्यापार संघको पाचौं स्थापना दिवस

बुटवल । उद्योग व्यापार संघ बुटवलले पांचौं स्थापना दिवस मनाएको छ । कालिकानगरस्थित संघको सचिवालयमा संघको कार्यसमिति र सल्लाहकारको सहभागितामा स्थापना दिवस मनाइएको हो । सो अवसरमा बोल्दै संघका पुर्व अध्यक्ष एवं उद्योग ब्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगिकरण र ब्यापार विविधिकरणमा संघले भूमिका खेल्नुपर्ने बताए । बैंकहरुको कर्जाको ९० प्रतिशत हिस्सा सीमित व्यवसायिक घरानामा लगानी हुंदा मुलुकको अर्थतन्त्र संकटमा परेको भन्दै महासचिव पराजुलीले यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए ।
संघका कार्यवाहक अध्यक्ष विष्णु पाण्डेले साना, मझौला र ठूला सबै वर्गका उद्योगी व्यवसायीको साझा संस्थाको रुपमा उद्योग ब्यापार संघ बुटवलले पहिचान बनाएको बताए । संघले स्थानीय सरकारसंगको सहकार्यमा विभिन्न सामाजिक काम समेत गदैृ आएको र हालसम्म ४ वटा औद्योगिक ब्यापार मेला सम्पन्न गरेको स्मरण गरे ।
कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी,महासचिव पदम जीसी,कानुनी सल्लाहकार दामोदर घिमिरे लगायतले वर्तमान आर्थिक मन्दी,चर्को बैंक ब्याज दर र महंगी नियन्त्रणमा सरकारको ध्यान जानुपर्ने बताएका थिए । यसैबीच संघले स्थापना दिवसको अवसरमा तिलोत्तमा ७ स्थित अनाथ असहायहरुलाई पालनपोषण गर्दै आएको सिर्जनशील संस्थाको भवन निर्माणमा संघका पुर्व अध्यक्ष एवं सल्लाहकार खेम श्रीस मगरको स्मृतिमा आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको महासचिव पदम जीसीले जानकारी दिए । संघमा ७ सय बढी उद्योगी व्यवसायी आवद्ध छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित