मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवलका सुत्केरीलाई नगद २ हजार प्रोत्साहन

सुत्केरीको स्वास्थ्य सुधार र प्रोत्साहनका लागि भन्दै बुटवल उपमहानगरपालिकाले ‘सुत्केरीका लागि नगद २ हजार नगद प्रोत्साहन’ कार्यक्रम सुरु गरेको छ । बुटवल उपमहानगरपालिकाभित्रका सूचीकृत स्वास्थ्य संस्थामा सुत्केरी हुने स्थायी बासिन्दाले नगद २ हजार रुपैयाँ पाउने छन् ।

मंगलबार उपमहानगरपालिकामा एक विशेष कार्यक्रम आयोजना गरी सुत्केरी नगद प्रोत्साहन कार्यक्रम सुरु गरेको हो । पहिलो पटक साउनयता प्रसूति भएका ५० आमालाई उपमहानगरमै बोलाएर सम्मानसहित नगद रकम दिइएको हो ।

नगरप्रमुख खेलराज पाण्डेयले नगदसहित साउनयता जन्मिएका शिशुलाई पोषण सामग्रीसमेत हस्तान्तरण गरे । आमा र नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउनका लागि पोषण भत्ता प्रदान गर्ने कार्यक्रम ल्याइएको उनले बताए । बुटवल उपमहानगरपालिकाभित्र लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पताल र सेमलार स्वास्थ्यचौकीमा प्रसूति सेवा सञ्चालनमा छ ।

त्यसमध्ये जुनसुकै स्वास्थ्य संस्थामा सुत्केरी भए पनि उनीहरुले प्रोत्साहन रकम पाउनेछन् । सुरक्षित सुत्केरी हुन सघाउँदै उनीहरुको स्वास्थ्यबारे जानकारी लिँदै आत्मबल बढाउन र हौसला प्रदान गर्नका लागि नगद प्रोत्साहन कार्यक्रम सुरु गरिएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सवित्रादेवी अर्यालले बताइन् ।

यसभन्दा अघि उपप्रमुख घरमै गएर घ्यु, ज्वानो दिनेलगायत दिन कार्यक्रम भए पनि त्यसलाई परिमार्जन गर्दै यस वर्षदेखि नगद प्रोत्साहन ल्याएको हो । बुटवल उपमहानगरपालिकाभित्र वार्षिक करिब ३ हजार ५ सय सुत्केरी हुन्छन् । यस वर्षको जेठ मसान्तसम्म ३ हजार १ सय ५० जना सुत्केरी भएका छन् ।

बुटवल उपमहानगरमा अघिल्लो आर्थिक वर्षमा एक सुत्केरी आमाको मृत्यु भएको थियो । विपन्न वर्गका धेरै सुत्केरीमा कुपोषण देखिएका बेला नगद प्रोत्साहनले त्यस्ता महिलाको पोषण र स्वास्थ्यमा सहयोग हुने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित