अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’                
समाचार :

पाल्पामा एकै दिन २ जनाको डुवेर मृत्यु

बुटवल । पाल्पामा सोमबार एकैदिन २ जनाको डुबेर मृत्यु भएको छ । सोमबार मध्यान्ह तिनाउ ड्याममा एक जना भारतीय नागरिकको मृत्यु भएको थियो भने सांझ रैनादेवी छहरा ८ जलुके झरना भन्ने स्थानमा रुपन्देहीका अर्का युवाको पनि डुबेर ज्यान गएको छ । सुद्धोदन २ जहाड बस्ने २२ वर्षिय सन्जय चौधरीको जलुके झरनामा डुबेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नो साथीसंग पौडी खेल्न पुगेका चौधरी पौडी खेल्ने क्रममा झरनाको पोखरीमा डुबेकोमा साथीहरूले उद्दार गरी उपचारको लागि लुम्बिनी प्रावेशक अस्पताल बुटवल पु¥याएकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको हो ।

सोमबार दिउंसो पाल्पाको तिनाउ गाउपालिका वडा नम्बर ३ स्थित सिद्धबाबा मन्दिर नजिकै रहेको तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतको गोरखपुरका ३४ वर्षीय विपिन दुसियाको मृत्यु भएको थियो ।

पछिल्लोे समय तिनाउ गाउंपालिकाको वडा नम्बर ३ मा अवस्थित भुत खोला, विद्युत ड्याम साइड तथा वडा नम्बर २ को खुर्साने, कालीगण्डकी, जलुके झरना लगायतका स्थानमा डुबेर मृत्यु हुनेको संख्या बढेको छ ।

सोमबार मृत्यु भएसंगै पाल्पामा ११ महिनाको अवधिमा डुबेर मृत्यु हुनेको संख्या २३ पुगेको छ । पछिल्लो एक वर्षको अवधिमा तिनाउ गाउंपालिकामा घुम्न आउने विभिन्न जिल्ला तथा भारतीय नागरिक गरी ९ जनाले पानीमा डुबेर ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा १ महिला, २ बालबालिका र अन्य पुरुष रहेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार