मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

पाल्पामा एकै दिन २ जनाको डुवेर मृत्यु

बुटवल । पाल्पामा सोमबार एकैदिन २ जनाको डुबेर मृत्यु भएको छ । सोमबार मध्यान्ह तिनाउ ड्याममा एक जना भारतीय नागरिकको मृत्यु भएको थियो भने सांझ रैनादेवी छहरा ८ जलुके झरना भन्ने स्थानमा रुपन्देहीका अर्का युवाको पनि डुबेर ज्यान गएको छ । सुद्धोदन २ जहाड बस्ने २२ वर्षिय सन्जय चौधरीको जलुके झरनामा डुबेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नो साथीसंग पौडी खेल्न पुगेका चौधरी पौडी खेल्ने क्रममा झरनाको पोखरीमा डुबेकोमा साथीहरूले उद्दार गरी उपचारको लागि लुम्बिनी प्रावेशक अस्पताल बुटवल पु¥याएकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको हो ।

सोमबार दिउंसो पाल्पाको तिनाउ गाउपालिका वडा नम्बर ३ स्थित सिद्धबाबा मन्दिर नजिकै रहेको तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतको गोरखपुरका ३४ वर्षीय विपिन दुसियाको मृत्यु भएको थियो ।

पछिल्लोे समय तिनाउ गाउंपालिकाको वडा नम्बर ३ मा अवस्थित भुत खोला, विद्युत ड्याम साइड तथा वडा नम्बर २ को खुर्साने, कालीगण्डकी, जलुके झरना लगायतका स्थानमा डुबेर मृत्यु हुनेको संख्या बढेको छ ।

सोमबार मृत्यु भएसंगै पाल्पामा ११ महिनाको अवधिमा डुबेर मृत्यु हुनेको संख्या २३ पुगेको छ । पछिल्लो एक वर्षको अवधिमा तिनाउ गाउंपालिकामा घुम्न आउने विभिन्न जिल्ला तथा भारतीय नागरिक गरी ९ जनाले पानीमा डुबेर ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा १ महिला, २ बालबालिका र अन्य पुरुष रहेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित