मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुद्धकालीन राेहणी नदी किनारमा ‘मद्राहनी बुद्धपार्क’ बनाउन प्रस्ताव

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुद्धकालीन सभ्यतासँग जोडिएको ‘मद्राहानी बुद्धपार्क’ निर्माणका लागि छलफल थालिएको छ। लुम्बिनी विकास कोषले स्थानीय समुदायको अनुरोधमा तयार पारेको प्रारम्भिक गुरुयोजना र अवधारणाबारे आइतबार तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिसँग पार्क निर्माणबारे छलफल गरेको हो।

तिलोत्तमा- ११ भूपूसैनिक उत्तर रोहिणी नदी किनारमा अवस्थित हरियाली सामुदायिक वनभित्र करिब ६ बिगा क्षेत्रफलमा बौद्धधर्मग्रन्थमा उल्लेख गरिएको रोहीणी नदी सभ्यतालाई जोडेर पार्कको अवधारणा कोषले तयार पारेको छ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बुद्धकालिन सयममा कोलिय र शाक्य गणराज्यको सिमाका रूपमा रोहणी नदी रहेको त्यही सभ्यता उजागर गरेर पर्यटक आर्कषित गर्न पार्क निर्माणले सहयोग गर्ने बताए। उनले मायारानीबाट अपभ्रंश भएर मद्राहानी कुमारवर्ति क्षेत्र बनेकाले मद्राहानी क्षेत्र ऐतिहासिक पुरातात्विक रूपमा महत्वपूर्ण क्षेत्र रहेको बताए ।

रोहीणी नदीको विषयमा कोलिय र शाक्यहरूबीच कुलोपानीको बाँडफाँडसम्बन्धी मतभेद हुँदा बुद्धले मध्यमार्ग अपनाएकाले यही सन्दर्भलाई मद्राहानी बुद्धपार्कबाट उजागर गर्न सकिने उनले बताए।

स्थानीयहरूको आग्रहअनुसार कोषले वाटर पार्कसहितको मद्राहानी पार्कको परिकल्पना गरी गुरुयोजना तयार पारेकाले स्थानीय सरकारलाई अगुवाई गर्न कोषाध्यक्ष भट्टराईको आग्रह छ।

प्रारम्भिक डिजाइनमा रोहणी नदी किनार हुने गरी करि‍ब साढे ६ विगा क्षेत्रफलमा बुद्धको मूर्ती, बौद्ध विहार र पानीको फोहोरासहितको संरचना बनाइने बताइएकाे छ। प्रारम्भिक छलफल भएकाले नगरपालिकाले यसबारे विस्तृत बुझेर योजनाका रूपमा अगाडि बढाउने बताएको छ।

पार्क निर्माणका लागि सकारात्मक रहेको र स्थानीय समुदायको सहकार्यमा योजना अघि बढाउने नगरप्रमुख रामकृष्ण खाणले बताए। नगरउपप्रमुख जगेश्वरदेवी चौधरीले अवधारणाअनुसार पार्क निर्माणका लागि वनसँग जग्गाको विषय टुंगो लगाइने बताइन्।

अवधारणासम्बन्धी छलफलमा बौद्धग्रन्थका जानकार पूर्वप्रदेश सांसद डा. कृष्णप्रसाद न्यौपानेले रोहणी नदी बौद्धग्रन्थमा असाध्यै पवित्र नदीका रूपमा उल्लेख गरेकाले यसलाई आधार बनाएर पार्क निर्माण गर्न सके त्यसले देवदह र तिलोत्तमा क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित