‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

पाल्पाको दोभान खोलामा डुबेर एक जनाको मृत्यु

पाल्पाको दोभान खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, श्रृजनानगर बस्ने ३४ वर्षीय लोकबहादुर रजाली मगरको पौडी खेल्ने क्रममा शनिबार बेलुकी खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बीरेन्द्र थापाले जानकारी दिए ।

तिनाउ गाउँपालिका–२, खुर्साने नजिकै दोभान (कचलखोला) खोलामा साथीहरुसँग वनभोज खान आएका रजाली मगर बेलुकी फर्किन क्रममा नभेटिएपछि खोजतलाज गर्दै जाँदा पौडी खेल्ने क्रममा पानीमा डुबेको अवस्थामा भेटिएका थिए ।

तत्काल उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित