‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

युवा संघले विद्युत्त नियमित गर्न प्राधिकरणलाई ध्यानआर्कषण पत्र बुझायो

एमाले निकट राष्ट्रिय युवा संघ रुपन्देहीले विधुत अनियमित हु‌दा सर्वसाधरणा मारमा परेकाे भन्दै विधुत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ । युवा संघ रुपन्देहीका ईन्चार्ज एवं जनप्रतिनिधि नहकुल शाही तथा रुपन्देही अध्यक्ष बिकास जँग बस्नेत क्षेत्रीको नेतृत्वमा आज बुटवल स्थित विद्युत वितरण केन्द्र पुगेर प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।

प्राधिकरण पुगेको संघको टोलीले विद्युतकाे वितरण केन्द्र बुटवलका प्रमुख कपिलराज पाण्डेलाई ध्यानाकर्षण पत्रबुझाएका छन् । सो अवसरमा बोल्दै युवा नेता शाहीले पछिल्लो समय बढेको चरम गर्मी र विद्युतमा देखिएको व्यापक अनियमितताले जनजीवन प्रभावित भएको बताए । विद्युत नियमित नहुँदा उद्योग कलकारखानाहरु सञ्चालन आउन नसकेको भन्दै उनले मुलुकले आर्थिक रुपमा समेत ठूलो क्षति व्यहोर्न परेको उल्लेख गरे ।

यसैगरी युवा संघ रुपन्दही अधयक्ष बस्नेतले ध्यानाकर्षण पत्र बुझाउँदै अबको एक हप्तामा पनि समस्या समाधान नभए थप कार्यक्रम सहित चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिए ।

ध्यानाकर्षण पत्र बुझ्दै बुटवल विद्युत वितरण केन्द्रका प्रमुख पाण्डेले राष्ट्रिय स्तरमै समस्या देखिएको बताए । पछिल्लो २-३ दिनदेखि समस्या अत्याधिक बढेको उनले स्वीकार गर्दै उनले राष्ट्रिय ग्रिडमै लो भोल्टेज तथा सिस्टम डाउन हुँदा समस्या भएको उल्लेख गरे । रास्टिय युवा संघ नेपालका केन्द्रीय सदस्य केशब रोक्का तथा रुपन्देही उपाध्यक्ष दिपक खडगी तथा मनोज गौचन लगायतको उपस्थिमा ज्ञापनपत्र बुझाइएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित