कुशलकी आमा भन्छिन्– साग केलाउँदै छोराको कीर्तिमानी खेल हेरेँ आज देखि लुम्बिनी केबलकार तीन दिन बन्द अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा                
समाचार :

युवा संघले विद्युत्त नियमित गर्न प्राधिकरणलाई ध्यानआर्कषण पत्र बुझायो

एमाले निकट राष्ट्रिय युवा संघ रुपन्देहीले विधुत अनियमित हु‌दा सर्वसाधरणा मारमा परेकाे भन्दै विधुत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ । युवा संघ रुपन्देहीका ईन्चार्ज एवं जनप्रतिनिधि नहकुल शाही तथा रुपन्देही अध्यक्ष बिकास जँग बस्नेत क्षेत्रीको नेतृत्वमा आज बुटवल स्थित विद्युत वितरण केन्द्र पुगेर प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।

प्राधिकरण पुगेको संघको टोलीले विद्युतकाे वितरण केन्द्र बुटवलका प्रमुख कपिलराज पाण्डेलाई ध्यानाकर्षण पत्रबुझाएका छन् । सो अवसरमा बोल्दै युवा नेता शाहीले पछिल्लो समय बढेको चरम गर्मी र विद्युतमा देखिएको व्यापक अनियमितताले जनजीवन प्रभावित भएको बताए । विद्युत नियमित नहुँदा उद्योग कलकारखानाहरु सञ्चालन आउन नसकेको भन्दै उनले मुलुकले आर्थिक रुपमा समेत ठूलो क्षति व्यहोर्न परेको उल्लेख गरे ।

यसैगरी युवा संघ रुपन्दही अधयक्ष बस्नेतले ध्यानाकर्षण पत्र बुझाउँदै अबको एक हप्तामा पनि समस्या समाधान नभए थप कार्यक्रम सहित चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिए ।

ध्यानाकर्षण पत्र बुझ्दै बुटवल विद्युत वितरण केन्द्रका प्रमुख पाण्डेले राष्ट्रिय स्तरमै समस्या देखिएको बताए । पछिल्लो २-३ दिनदेखि समस्या अत्याधिक बढेको उनले स्वीकार गर्दै उनले राष्ट्रिय ग्रिडमै लो भोल्टेज तथा सिस्टम डाउन हुँदा समस्या भएको उल्लेख गरे । रास्टिय युवा संघ नेपालका केन्द्रीय सदस्य केशब रोक्का तथा रुपन्देही उपाध्यक्ष दिपक खडगी तथा मनोज गौचन लगायतको उपस्थिमा ज्ञापनपत्र बुझाइएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार