रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

 युवा उद्यमी मञ्च रुपन्देहीमा सन्देश श्रेष्ठ

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्यापटर को सातौ बार्षिक साधारण सभा तथा अधिवेशन बाट २०८० को नयाँ नेतृत्वमा लागी सन्देश श्रेष्ठ चयन भएका हुन ।

भैरहवा को होटल सिद्धार्थ भिलासामा  भएको साधारण सभाबाट आगीमी बर्षको लागी सन्देश श्रेष्ठ को नेतृत्वमा  ११ जना कार्यसमिति चयन भएका छन प्रथम उपाध्यक्ष रिसव वझा, द्वितीय उपाध्यक्ष आदर्श श्रेष्ठ, सदस्यहरु प्रतिक कसजु, अनिश कसौधन, शायना श्रेष्ठ, सुमन बश्याल, सुमित वझा, सुमित श्रेष्ठ, प्रविना घिमिरे, मन्जिल बिश्वकर्मा, बिराट जोशी निर्वाचित भएका छन ।

कार्यक्रममा अध्यक्ष निरज लाकौलले बर्षभरिको कार्यप्रगतीको बिवरण प्रस्तुत गर्दै सबैको सहकार्यबाट मात्रै संस्था सफल भएको भन्दै आगामि दिनहरुमा अझै बढी सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत गरे । लाकौलले युवा उद्यमीहरुको क्षमता विकास गराउन लक्ष्यसहित कार्यक्रम गर्दै आएको बताए । नेतृत्व र क्षमता विकाससंग युवा उद्यमीहरुका समस्या उठान गर्दै समाधानबारे छलफल गराउने गरेको बताए । विदेश जाने सोच बनाएका युवाहरुलाई स्वदेशमा नै रोक्न सकिने विकल्प खोज्ने काम गरेको बताए । सो कार्यक्रमा नेपाल उधोग बाणिज्य महासंघ बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नव निर्वाचित युवा उद्ममी मंच रुपन्देही का कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दै नेपालमा रोजगार तथा लगानीको अवसर लागी महत्वपूर्ण थलो बनाउन युवा उद्ममीहरुको ठूलो योगदान रहने बताए ।

राष्ट्रिय अध्यक्ष रितेश लामिछानेले युवाहरुमा आत्मबिश्वाससँगै अवसर दिने रुपमा संगठित  भएको र संस्थाले स्वरोजगारका विभिन्न कार्यक्रमहरू गर्दै आएको उनले बताए । युवालाई उद्यममा लाग्न बाटो देखाउने काम गरेको उनले बताए ।  कार्यक्रमा नेपाल उधोग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा , बुटवल उधोग बाणिज्य संघ तथा नेपाल उधोग बाणिज्य महासंघ का केन्द्रीय सदस्य उज्ज्वल प्रसाद कसजु , नेपाल उधोग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा नेपाल बायुसेवा निगमका संचालक किशोर प्रधान ,सिद्धार्थ उधोग बाणिज्य संघ का अध्यक्ष ठाकुर कुमार श्रेष्ठ ,रुपन्देही उधोग संघका अध्यक्ष माधव पौडेल ,बुटवल उधोग बाणिज्य संघका पूर्व अध्यक्ष खिम हमाल ,बुटवल उधोग वाणिज्य बरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ ,नेपाली युवा उद्ममी मंचका केन्द्रीय प्रथम उपाध्यक्ष साहारा जोशी,युवा उद्ममी मंच रुपन्देही का पूर्व अध्यक्षहरु आनन्द वझा, पुर्व अध्यक्ष सुमोद मान सैजु, सन्दीप कसौधन,उमेश अमात्य, प्रदिप शाक्य ,अखिलेश कसौधन तथा साधारण सदस्य लगाएतको उपस्थित रहेको थियो । उक्त कार्यक्रम प्रथम उपाध्यक्ष रिसव वझाले संचालन गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित