‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

भैरहवा विमानस्थल बाट एक बर्षमा १८० अन्तर्राष्ट्रिय उडान

बुटवल । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक बर्षको अवधिमा १८० वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । ०७९ जेठ २ गते यो विमानस्थलमा पहिलो पटक कुँवेतको जजिरा एयरलायन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो ।
जजिराले यो विमानस्थलबाट कुवेतका लागि एक सय २६ वटा उडान गरेको छ । हाल भने जजिरा एयरवेजले यात्रु नपाएपछि गत वैशाख ६ गतेदेखि उडान बन्द गरेको छ । हिमालय एयरलाइन्सले मलेसियाका लागि ३४ वटा चार्टर उडान गरेर रोकेको छ । विमानस्थलका अनुसार एक बर्षको अवधिमा १४ हजार आठ सय ३० जना यात्रु यो विमानस्थलमा आएका छन भने २० हजार एक ३८ जना यहाँ बाट प्रस्थान गरेका छन ।
मंगलबार मात्र राष्ट्रिय ध्वजावाहक वायु सेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि मलेसियाका लागि व्यावसायिक उडान थालेको छ । साताको एक दिन मलेसियाको राजधानी क्वालालम्पुर–भैरहवा हुँदै काठमाडौं नियमित उडान सुरु भएको हो ।
मंगलबार बिहान चार बजेर आठ मिनेट जाँदा क्वालालम्पुरबाट उडान भरेको नेपाल वायु सेवा निगमको न्यारोबडी विमान आठ बजेर ४२ मिनेटमा भैरहवामा अवतरण भएको थियो । ९१ जना यात्रु बोकेर आएको विमानमा भैरहवा झर्ने ३१ जना थिए । भैरहवा ओर्लिएको एक घण्टापछि विमान काठमाडौं प्रस्थान गरेको थियो । अब हरेक मंगलबार यो रुटमा नियमित उडान भर्ने निगमले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित