‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक स्तरोन्नति सुरु, ३५ अर्ब लागत

विश्व बैंकको सहयोगमा यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने यो आयोजनाको लक्ष्य छ । आयोजनाको लागत २७ करोड ५० लाख डलर (झण्डै ३५ अर्ब रुपैयाँ) हो ।

यो आयोजनाले नेपालमा छानिएका व्यापारिक करिडोरमा व्यापार, यातायात लागत र पारवहन समय घटाएर व्यापार र आवद्धता सुधार गर्ने विश्व बैंकले जनाएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिनज राइजरले यो आयोजनाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा मन्त्री ज्वालाले नेपालमा उत्थानशील पूर्वाधारको विकासमा यो आयोजनाले सहयोग गर्ने बताए । यस आयोजनाबाट नेपालका विभिन्न प्रदेश र छिमेकी मुलुकसँग यातायात र व्यापार आवद्धता बढाउने भन्दै यसले नयाँ आर्थिक सम्भावनाको ढोका खोल्ने समेत उनले बताए ।

दुई लेनमा रहेको पूर्व–पश्चिम राजमार्गलाई अहिले धमाधम स्तरोन्नति गर्ने काम भइरहेको छ । यसबाट यस सडकमा यात्रा गर्ने समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । जसका कारण भारतको पश्चिमी बन्दरगाहसम्म नेपालको पहुँच सहज हुने छ ।

विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिनज राइजरले यो आयोजनाको कार्यान्वयनबाट नेपालमा क्षेत्रीय व्यापार बढाउने बताए । यो आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले संयुक्त रुपमा कार्यान्वयन गर्नेछन् । नेपाल सरकार र विश्व बैंकबीच सेप्टेम्बर २०२२ मा यो आयोजनाको वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित