आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने                
समाचार :

गर्मीमा पनि एकैदिन चार हजार जना चढे लुम्बिनी केबलकार

प्रचण्ड गर्मीको प्रतिकूल मौसममा पनि लुम्बिनी केबलकार चढ्नेहरुको संख्या निरन्तर बढ्दो छ । शनिबार मात्रै करिब चार हजार जना केबलकार चढेका आयोजना प्रमुख गोकुल साउदले बताए । केबलकारको टप स्टेसन बसन्तपुरमा बुटवल भन्दा ५–७ डिग्री सेल्सियस तापक्रम कम हुने हुंदा गर्मी छल्न र कामाख्यादेवीको मन्दिर दर्शनका लागि केबलकार चढ्नेको भीड बढ्न थालेको साउदले बताए ।

प्रख्यात कामाख्यादेवीको मन्दिर दर्शनका लागि भारतीय नागरिकहरु समेत उल्लेख्य मात्रामा केबलकार यात्रा गर्न आउने क्रम बढ्दै गएको प्रालिले जनाएको छ । कुल ५ अर्ब रुपैयाँ लागतको आयोजना मध्ये पहिलो चरणमा केबलकारमा साढे तीन अर्ब लगानी भएको छ भने टप स्टेसनमा डेढ अर्ब लागतमा डेढ सय कोठाको पाँचतारे होटेल, क्यासिनो र ७ सय जना क्षमताको सेमिनार हल, पार्कलगायतका संरचना निर्माण हुने क्रममा छन् । आईएमई समूहको मुख्य लगानी रहेको यसमा ४९ प्रतिशत लगानी स्थानीयको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार