‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

तिलोत्तमामा सडक दुर्घटनामा परि एकजनाको मृत्यु

रुपन्देहीको तिलोत्तमामा सनिवार राति सडक दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका वडा न ३ शान्तिकुञ्जमा भएको उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो गाडी सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा सडक बत्तिको पोल र भित्तामा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि गाडी चालक अर्घाखाँची छत्रगञ्ज गाउँपालिका वडा नम्बर ८ का ३२ बर्षिय विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा परी वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ, वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का सुदर्शन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी घाइते भएका छन्। उनिहरु पाँचै जनाको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित