‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

प्यारामाउन्ट बोर्डिङमा रोबटिक्स प्रदर्शनी

बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा रहेको प्यारामाउन्ट बोर्डिङ हाईस्कुलमा रोबटिक्स प्रदर्शनी एव कार्यशाला गोष्टि सम्पन्न भएको छ।
जेठ २५ गते रोबटिक्स प्रदर्शनी र २६ गते कार्यशाला गोष्टि सञ्चालन भएको विद्यालयले जनाएको छ।
रोबटिक्स प्रदर्शनीमा ८ प्रकारका रोबर्ट राखिएको थियो भने ६ सय जना एसईई दिएर बसेका बिद्यार्थीहरुले प्रदर्शनीको अवलोकन गरेका थिए। प्रदर्शनीमा आरसि रोबर्ट, सर्वो मोटर, लेड चेसर, स्मार्ट बत्ती, मोटर ड्राईभर, कृत्रिम बौद्धिक मेसिन तथा रोबर्ट बनाउन आवश्यक आधारभुत यन्त्र उपकरणमा प्रयोग गरिने प्रोग्रामिङ कोडहरु राख्ने तथा तिनको समुचित कार्यान्वयन समेत गरिएको थियो।
दोस्रो कार्यक्रम अन्तरगत भएको गोष्टिमा ३५ जना विद्यार्थीहरु सहभागी भएका थिए।सुरज बस्याल र सुरज पन्तको संयोजनमा भएको कार्यक्रममा धेरै विद्यार्थीहरुले मौकाको फाईदा उठाएको बिद्यालयको दाबी छ।
बिद्यालयका सम्योजक लक्ष्मण अर्यालले बिद्यार्थीहरुको क्षमता अभिबृद्धी गर्न यस्ता कार्यक्रमहरु बिद्यालयले नियमित गर्दै आईरहेको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित