मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

उद्घाटनकै दिन पनि बीचमै रोकियो लुम्बिनी केवलकार

बुटवल । व्यवस्थापन पक्षको गम्भिर गल्तीका कारण लुम्बिनी केवलकार औपचारिक उद्घाटनकै दिन पनि बीचमै केही मिनेट रोकिएको छ । यस अघि पनि यो समस्या भएको थियो । विहिबार केवलकारको औपचारिक उद्घाटन केवलकारको माथिल्लो बटम स्टेशन बसन्तपुरमा हुने कार्यक्रम तय थियो । त्यसका लागि अतिथि सवैलाई गोलपार्क बमघाट बाट बसन्तपुर तर्फ केवलकारमा जाने व्यवस्था मिलाइएको थियो ।
तर बमघाट बाट जाने केही अतिथि २ मिनेट बढि समय बीचमै अड्किने पुगे । स्थानिय रिता सेन बीचमै केवलकार रोकिएको बताईन ।
बुटवल हिल्स द्वारा प्रबद्धित लुम्बिनी केवलकारको टिकट दर महंगो भएको गुनासो आइरहेका बेला केवलकार समेत बीच बीचमा रोकिदा धेरैले यसलाई व्यवस्थापन टिमको गम्भिर कमजोरी भएको बताएका छन् । केवलकारको टिकट दर १ हजार तोकिएको छ ।
उद्घाटनको दिन पनि केवलकार लाईन बीचमा जाँदा रोकिएको व्यवस्थापन पक्षले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित