मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनी केवलकार उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड बुटवल आउँदै

 

बुटवल । बुटवल हिल्स द्वारा प्रबर्धित लुम्बिनी केवलकार आज देखि औपचारिक सुरु हुँदैछ । बुटवल र पाल्पाको बसन्तपुर डांडा जोड्ने गरी निर्माण गरिएको लुम्बिनी केबलकारको आज विहान प्रधानमन्त्री पुस्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले भोली साढे १० बजे पाल्पाको तिनाउ गाउंपािलका–३, स्थित केवलकारको माथिल्लो स्टेशनबाट उद्घाटन गर्ने कार्यक्रम रहेको केवलकारका परियोजना प्रमुख गोकुल साउदले जानाकारी दिए ।

२०६० सालदेखि प्रक्रिया अघि बढेको केबलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । केवलकारको सफल परिक्षण पछि जेठ १५ गते देखि नै सर्वसाधरणका लागि खुल्ला गरिएको थियो ।

आईएमई ग्रुपको ७५ प्रतिशत र बुटवलका उद्योगी व्यवसायीको २५ प्रतिशत लगानी रहेको केवलकार  सञ्चालनमा आए संगै यस क्षेत्रमा पर्यटकिय गतिविधि हुने अपेक्षा गरिएको छ ।

३ अर्ब रुपैयांको लागतमा तयार हुन लागेको लुम्बिनी केवलकार परियोजना भित्र रिसोर्ट देखि जीपलाईन चलाउने सम्मका योजना छन् । अहिले केवलकारका अलवा बसन्तपुरमा कामख्या मन्दिर तयार भएको छ ।

केबलकारको टप स्टेशनमा कामाख्या माईको मन्दिर, खाजा नास्ताका लागि रेस्टुरेन्ट, जिपलाइन, स्विमिङ पोखरी लगायतका संरचना तयार भएका भइरहेका छन् ।

दोस्रो चरणमा पांचतारे होटल, कम्प्लेक्स लगायतका संरचना निर्माण गर्ने योजना प्रा.लिको छ । मनोकेवल डिट्याचेबल गोन्डुला (बाकस) सिस्टम रहेको केबलकारले २४ गोन्डुलामा प्रतिगोन्डुलामा ८ जनाका दरले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सकिन्छ ।

झण्डै तीन किलोमिटरको दूरीमा केबलकारका ९ वटा टावर छन । सरकारले केबलकार सञ्चालनका लागि ६ दशमलव २७ हेक्टर वन क्षेत्र २५ वर्षसम्म भोगाधिकार दिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित