‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनी केबलकारको प्रधानमन्त्री दाहालले भोली उद्घाटन गर्दै

बुटवल र पाल्पाको बसन्तपुर डाँडा जोड्ने गरी निर्माण गरिएको लुम्बिनी केबलकारको भोलि प्रधानमन्त्री पुस्पकमल दाहालले उद्घाटन गर्ने भएका छन् । उक्त केबलकारको सञ्चालक कम्पनी बुटवल हिल्सले दिएको जानकारी अनुसार बिहीबार बिहान साढे १० बजे पाल्पाको तिनाउ गाउँपािलका–३, स्थित माथिल्लो स्टेशनमा उद्घाटन समारोह हुनेछ । केवलकार एकसाता अघि सञ्चालनमा आएको छ ।

बुटवल हिल्सद्वारा प्रबर्धित केवलकारको लगानी साढे ३ अर्ब रुपैयाँ छ । बुटवल उपमहानगरपालिका–३, बमघाटमा तल्लो र पर्यटकीय स्थल तिनाउ गाउँपालिका–३, वसन्तपुर, पाल्पामा माथिल्लो स्टेसन निर्माण गरेर लुम्बिनी केबलकार संचालनमा ल्याइएको हो । २०६० सालदेखि प्रक्रिया अघि बढेको केबलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । लुम्बिनी केबलकार प्रालिमा आईएमई ग्रुपको ७५ प्रतिशत र बुटवलका उद्योगी व्यवसायीको २५ प्रतिशत लगानी छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित