संजीवनीको १० औ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न बजारमा प्रतिस्पर्धा गर्न व्यवहारिक शिक्षा आवश्यकता छ– प्रदेश प्रमुख शेरचन प्रदेश आयोग लुम्बिनीको सदस्यमा कपिलवस्तुका खनाल र रोल्पाका वली नियुक्त साढे ३ महिनामा ७४ हजार पर्यटकले चढे लुम्बिनी केबलकार आर्थिक ‘मन्दी’ मा पनि लयमा ‘एभरेष्ट कन्फर्ट फुड वेयर’, बार्षिक ५० करोड बढिको कारोबार लुम्बिनीका सामाजिक विकासमन्त्री भन्छन्- शिक्षकका जायज माग पूरा गर्नुपर्छ तिलोत्तमाका सवै गाई गोरुमा लम्पी स्किन विरुद्धको खोप लगाईयो बसन्तपुरमा ४० लाखको जीपलाइन सञ्चालन बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना पक्राउ सम्झ्नामा कर्मयोगका प्रतिकः स्व. खड्ग बहादुर अर्याल                
समाचार :

अत्याधिक गर्मी बढेपछि सियारीका विद्यालयहरु १४ दिन बन्द

भैरहवा।केहिदिन देखि निरन्तर रुपमा गर्मी बढेपछि रुपन्देहीको सियारी गाउँपालिकाले पालिका भित्रका शैक्षिक सस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।
बढ्दो गर्मीका कारण बिद्यार्थीहरुलाई बिद्यालय जान आउन तथा पटन पाठनमा समस्या आएपछि १४ दिन पालिका भित्रका सामुदायिक तथा सस्थागत बिद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए ।
पालिका अन्तरगतको शिक्षा समितीको आज मंगलबार बसेको बैठकले बुधबार देखि आगामी असार ६ गते सम्मका लागि बिद्यालय बन्द गर्ने निर्णय गरिएको पौडेलले जानकारी दिए ।

‘गर्मी बढेपछि विद्यार्थीहरुलाई विद्यालयसम्म जान आउन तथा पठनपाठनमा समस्या आएको थियो, जिल्ला विपद व्यवस्थापन समितिले पनि अत्याधिक गर्मी बढेका कारण बिद्यार्थीहरु समस्या परेको भन्ने पत्र आएको थियो’ सियारी गाउँपालिका अध्यक्ष एवंं शिक्षा समितीका संयोजक थानेश्वर घिमिरेले भने, ‘त्यसैले १४ दिनसम्म विद्यालयहरुमा विदा दिने निर्णय गरेका हौं ।

पालिकाले पछिल्लो समय गर्मी अत्याधिक रुपमा बढ्दै गएको उल्लेख गर्दै आफ्ना बालबालिकालाई दिउसोको समयमा घाममा हिडडुल गर्न नदिन आग्रह गरेको छ ।

यस्तै पूर्व निर्धारित परिक्षालाई साउन १९ गते भित्र सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन आग्रह गर्दै अहिलेलाई १४ दिनका लागि बिद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।
रुपन्देहीमा केहि दिन देखि निरन्तर रुपमा ३८ देखि ४२ डिग्री सेल्सीयस तापक्रम मापन गरिएको छ । गर्मीका कारण बिद्यार्थीहरु बिरामी भएर अस्पताल भर्ना हुने गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार