क्लव डेनोभोको फर्निचर सम्बन्धी कार्य दर्ता विना भएको भन्दै अनुगमन टोलीले काम रोक्यो

बुटवल । बुटवलको कालिकानगरमा रहेको क्लव डेनोभोको फर्निचर सम्बन्धी कार्य तत्कालका लागि अनुगमन समितिले रोक लगाएको छ । हाल क्लव डेनोभो स्तरउन्नतीको क्रममा छ । भारतिय मजदुरबाट विना अनुमती नै फर्निचर सम्बन्धी कार्य गरेको जानाकारी पाएपछि बुटवल उपमहानगरपालिकाको अनुगमन टोली त्यहाँ पुगेको थियो ।
सोही क्रममा अनुगमन गर्दा फर्निचरको कार्य गर्ने अनुमती नलिई भारतिय नागरिक कामानिल सहमदको टिमले काम गरेको भेटिएको थियो ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य नहकुल शाहीले फर्निचर सम्बन्धी कार्य गर्ने अनुमती विना क्लव डेनोभोमा काम गरेको पाइएपछि औजारहरु नियन्त्रणमा लिएको बताए ।
त्यस बाहेक मंगलबार अन्य स्थानमा भएको अनुगमनका क्रममा अधिकांस स्थानमा विना दर्ता नै फर्निचर सम्बन्धी कार्य गरेको पाइएको थियो । बुटवल उपमहानगरपालिकाको अनुगमन समिति, बुटवल ११ का जनप्रतिनिधी, बुटवल फर्निचर संघ, प्रहरी सहितको टोलीले मंगलबार आधा दर्जन भन्दा बढि स्थानमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कतिपय स्थानमा भारतिय नागरिकबाट काम भइरहेको भएपनि कुनै पनि दर्ता नभएको भेटिएको थियो । बुटवल उपमहानगरपालिका वडा नं. ११ का जनप्रतिनिधी नहकुल शाहीले बुटवलमा फर्निचर उद्योग सम्बन्धी कार्य गर्ने धेरै करको दायरा भन्दा बाहिर भएको र दर्ता भएका उद्योग त्यसबाट प्रत्यक्ष मारमा परेको गुनासो आएपछि अनुगमन गरिएको बताए ।


बुटवल कालिका पथमा गरिएको अनुगमनमा सरास्वती घिमिरेको नाममा रहेको फर्मबाट सुनिल जि.सीले काम गरेको, बद्री प्रसाद बडईले विना अनुमती काम गरेको, साथै क्लव डेनेभोमा कामानिद सहमदले लाखौ रुपैया फर्निचरको काम दर्ता विनानै गरेको भेटिएको थियो । त्यसपछि अनुगमन टोलीले सवै सामान जफत गरेको छ । दर्ता नगरी फर्निचर सम्बन्धी कार्य गरेका सवैलाई अनुगमन समितिले उपमहानगरपालिका भित्र र राजश्व कार्यालयमा दर्ता गरेर मात्र आउन भनेको छ । अनुगमनमा उप–महानगरपालिकाका अनुगमन उपसमितिका संयोजक नेत्र रुचाल, वडा प्रहरी चौकी देविनगरका लक्ष्मण न्यौपाने, नगर प्रहरी जितेन्द्र खड्का, जिल्ला अनुगमन संयोजक तेजप्रसाद पराजुली लगाएतको उपस्थिती रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार