संजीवनीको १० औ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न बजारमा प्रतिस्पर्धा गर्न व्यवहारिक शिक्षा आवश्यकता छ– प्रदेश प्रमुख शेरचन प्रदेश आयोग लुम्बिनीको सदस्यमा कपिलवस्तुका खनाल र रोल्पाका वली नियुक्त साढे ३ महिनामा ७४ हजार पर्यटकले चढे लुम्बिनी केबलकार आर्थिक ‘मन्दी’ मा पनि लयमा ‘एभरेष्ट कन्फर्ट फुड वेयर’, बार्षिक ५० करोड बढिको कारोबार लुम्बिनीका सामाजिक विकासमन्त्री भन्छन्- शिक्षकका जायज माग पूरा गर्नुपर्छ तिलोत्तमाका सवै गाई गोरुमा लम्पी स्किन विरुद्धको खोप लगाईयो बसन्तपुरमा ४० लाखको जीपलाइन सञ्चालन बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना पक्राउ सम्झ्नामा कर्मयोगका प्रतिकः स्व. खड्ग बहादुर अर्याल                
समाचार :

सामूहिक विकास साकोस द्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम

बुटवल । सामूहिक विकास साकोसको आयोजना तथा संस्थाको सामाजिक सेवा उपसमितिको संयोजनमा ५० औं विश्व वातावरण दिवसको अवसरमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष  सुरेन्द्र कुमार वर्माज्युको अध्यक्षता तथा संस्थाका सचिव मिनप्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी एवं सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
#Beatplasticpollution भन्ने नाराका साथ विश्वभरी मनाईरहेको विश्व वातावरण दिवसको अवसर पारेर संस्थाले तिलोत्तमा नगरपालिका वार्ड नं. २ र ३ मा अवस्थित सिद्धार्थ राजमार्गको शंकरनगर चोकको डिभाईडर र तिलोत्तमा नगरपालिका वार्ड नं. ६ मा अवस्थित तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो ।
तिलोत्तमा नगरपालिका वार्ड नं. ३ मा अवस्थित यस सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाले वार्षिक रुपमा कम्तिमा ६ वटा सामाजिक सेवामा कार्य गर्दै आईरहेको छ । रुपन्देही जिल्लाभर कार्यक्षेत्र र प्रदेशमै उत्कृष्ट संस्थाको रुपमा परिचित यो सहकारीमा करीव १० हजार शेयर सदस्य रहेका छन् भने वासलात ३ अर्व २० करोड रहेको छ । सामूहिक विकास साकोस राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कुन र राष्ट्रिय सहकारी वैंकबाट पटक पटक उत्कृष्ट सहकारीको रुपमा समेत पुरस्कृत भएको संस्था हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार