मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

सामूहिक विकास साकोस द्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम

बुटवल । सामूहिक विकास साकोसको आयोजना तथा संस्थाको सामाजिक सेवा उपसमितिको संयोजनमा ५० औं विश्व वातावरण दिवसको अवसरमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष  सुरेन्द्र कुमार वर्माज्युको अध्यक्षता तथा संस्थाका सचिव मिनप्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी एवं सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
#Beatplasticpollution भन्ने नाराका साथ विश्वभरी मनाईरहेको विश्व वातावरण दिवसको अवसर पारेर संस्थाले तिलोत्तमा नगरपालिका वार्ड नं. २ र ३ मा अवस्थित सिद्धार्थ राजमार्गको शंकरनगर चोकको डिभाईडर र तिलोत्तमा नगरपालिका वार्ड नं. ६ मा अवस्थित तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो ।
तिलोत्तमा नगरपालिका वार्ड नं. ३ मा अवस्थित यस सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाले वार्षिक रुपमा कम्तिमा ६ वटा सामाजिक सेवामा कार्य गर्दै आईरहेको छ । रुपन्देही जिल्लाभर कार्यक्षेत्र र प्रदेशमै उत्कृष्ट संस्थाको रुपमा परिचित यो सहकारीमा करीव १० हजार शेयर सदस्य रहेका छन् भने वासलात ३ अर्व २० करोड रहेको छ । सामूहिक विकास साकोस राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कुन र राष्ट्रिय सहकारी वैंकबाट पटक पटक उत्कृष्ट सहकारीको रुपमा समेत पुरस्कृत भएको संस्था हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित