‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

पाल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा आइतबार बेलुकी भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा ११ जना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरूमा अर्घाखाँचीको पाणिनी गाउँपालिकाका जनप्रतिनिधि ४४ वर्षीय विजय पोखरेल, पाणिनी–१ की ६५ वर्षीया स्यामकला परियार, २६ वर्षीय चालक रमेश विक, पाणिनी–२ की २५ वर्षीया सीता गौतम र २ वर्षीय नाबालक संयोग गौतम रहेका छन् ।
नाबालक गौतम र जनप्रतिनिधि पोखरेलको बुटवलको चौराह हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाहरूको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, चौराहा अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार प्रादेशिक अस्पताल बुटवलमा पाणिनी–१ का ६६ वर्षीय रामबहादुर विक, ६ वर्षीय संयोग गौतम, ५ वर्षीय पर्थिस्ती पोख्रेल, गुल्मीको रुरु बलेटक्सार बस्ने ९ वर्षीय सार्थक जवाली र पाणिनी–१ बस्ने २० वर्षीय सोलिन परियार उपचाररत रहेका छन् ।

बुटवलस्थित चौराहा अस्पतालमा ४० वर्षीय हरी गौतमको उपचार भइरहेको छ भने भैरहवा मेडिकल कलेजमा अर्घाखाँचीको छत्रदेव–४ धरमपानी बस्ने ७ वर्षीय समिर पाण्डे, १० वर्षीय अनुप सोमरे, पाल्पाको तिनाउ–३ दोभान बस्ने ५ वर्षीय आर्या भण्डारी र आर्याकी आमाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित