

लुम्बिनी निकेतन मा.वि. मा बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सु-सपन्न भएको छ ।
अनेरास्ववियु कन्चन गाउँ कमिटी द्वारा आयोजित कार्यक्रममा विशाल क्षेत्रीको अध्यक्षता र अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी उपाध्यक्ष रमेश ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी उपाध्यक्ष रमेश ढकाल , विद्यालयका प्राचार्य कृष्ण प्रसाद शर्मा , हरैया बहुमुखी क्यापसका स्ववियु सभापति प्रदिप सापकोटा ,जिल्ला कमिटी सदस्य उदय गौतम , अनेरास्ववियु लुम्बिनी वाणिज्य क्यापस कमिटी अध्यक्ष योगेन्द्र रायमाझी लगायतले बोलेका थिए । अनेरास्ववियु कन्चन गाउँ कमिटिका र हरैया बहुमुखी क्यापसका अनेरास्ववियुका नेताहरुको उपस्थिति रहेको थियो ।
विद्यार्थीहरुको शैक्षिक भविष्यमा सहयोग हुने हेतुले झोला र खेलकुदमा सामाग्री वितरण गरिएको विशाल क्षेत्रीले बताए ।
रुपन्देही जिल्लाको कन्चन गाउँपालिका रहेको लुम्बिनी निकेतन मा.वि. मा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।