‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले ग¥यो अस्वीकार

बुटवल ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले ल्याएको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारी नेपाल रुपन्देहीले अस्वीकार गरेको छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीको आइतबार बसेको सचिवालय बैठकले महासंघमा शुद्धिकरणको एजेण्डा उठाउने आफ्नो संगठन रहेको र महासंघले मापदण्ड बनाएर यसलाई अगाडि बढाएकोमा धन्यवाद दिंदै तर रुपन्देहीमा भने केन्द्रीय मापदण्ड विपरित शुद्धिकरणको प्रस्ताव ल्याइएको भन्दै अस्वीकार गरेको हो ।
महासंघ रुपन्देहीले ल्याएको प्रस्ताव एकपक्षीय, पूर्वाग्रही र गलत रहेको र केन्द्रीय मापदण्डलाई ठाडै कुल्चेर जिल्लामा शुद्धिकरण मापदण्डको नीति अपनाइएको भन्दै प्रेस चौतारी रुपन्देहीले यसका विरुद्ध चरणवद्ध आन्दोलन गर्ने निर्णय समेत गरेको छ । यसका लागि प्रेस चौतारीले महासंघको जिल्ला नेतृत्वलाई निर्णय सच्याउनका लागि ३ दिनको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने र सो अवधिभित्र केन्द्रीय मापदण्ड अनुरुप निर्णय नगरिए थप संघर्षका कार्यक्रम अघि बढाउने निर्णय गरेको संगठनका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।
महासंघको जिल्ला नेतृत्वले शुद्धिकरणभित्र राखेका ७७ जना मध्ये केही पत्रकारितामा क्रियाशिल रहेको र उस्तै प्रकृतिका पेशामा रहेका सदस्यहरुमध्ये केहीलाई केहीलाई शुद्धिकरणभित्र पारिएको र केहीलाई जोगाउने प्रपन्च रचिएको भन्दै प्रेस चौतारीले त्यो किमार्थ स्वकार्य नहुने बताएको छ । महासंघलाई शुद्धिकरण गरिनुपर्छ भन्ने मान्यतामा प्रेस चौतारी दृढ र प्रतिवद्ध रहेको भन्दै बैठकले यसका लागि महासंघको शुद्धिकरण समितिले तयार गरेको मापदण्डलाई मात्रै आधार मान्नुपर्नेमा जोड दिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित