नुहाउन गएकी प‌द्माको छिमेकीबाटै हत्या, सागरको घरमा भेटियो रगत लतपतिएको खुर्पा र किशोरीको मोबाइल लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु ड्रिम युनिक रुपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण बुटवल-चन्द्रौटा सडक निर्माण गर्न २२ कम्पनीको आवेदन रुपन्देहीको शुद्धोधनमा कुटपिट गरी वृद्धको हत्या पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा चुनावी रौनक बुटवलका केही मासु पसलमा व्यवसायीकाे मनपरी, २ वटा मासु पसललाई जरिवाना गराइयाे एसइईको तयारी पूराः लुम्बिनीबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि हुँदै                
समाचार :

लुम्बिनी केबलकार चढ्नेको भीड

बुटवल । बुटवल बमघाटदेखि बसन्तपुरसम्म सञ्चालनमा आएको लुम्बिनी केबलकारमा शनिबार तीन हजार जना भन्दा बढीले यात्रा गरेका छन् ।
शनिबार सार्वजनिक विदा भएकाले बिहानैदेखि केबलकार चढ्नेको भीड लागेको लुम्बिनी केबलकार प्रालिले जनाएको छ ।
जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको केबलकारमा शनिबार हालसम्मकै सबैभन्दा बढी तीन हजार बढी संख्यामा मानिसहरु आएको आयोजना प्रमुख गोकुल साउदले बताए ।
लुम्बिनी प्रदेशकै पहिलो केबलकार भएको र टप स्टेशन बसन्तपुर समुद्री सतहबाट ९४० मिटरको उचाइमा रहेकाले चर्को गर्मीमा पनि बसन्तपुरमा शितल हुने हुंदा प्रचण्ड गर्मी छल्न केबलकार चढ्नेको भीड लागेको साउदले बताए ।
बसन्तपुरमा कामाख्यादेवीको मन्दिर सहित सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गे धारा, पोखरी आदि संरचनाहरू निर्माणले मन्दिरको दर्शनका लागि पनि भक्तजनहरु आउने गरेको ब्यासाचार्य किशोर गौतमको भनाई छ । केबलकारमार्फत बटम स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ । बसन्तपुरबाट बुटवलको मनोरम दृश्य देख्न सकिने र गर्मी ठाउँबाट आएका पर्यटकलाई ९४० मिटरको उचाइमा रहेको स्थानमा पुग्दा आनन्दको अनुभूति हुने विश्वास लिइएको छ ।
सहकारीका सदस्यलाई निःशुल्क यात्रा
यसैबीच आइएमई ग्रुप अन्तर्गतको आइएमई कोअपरेटिभ सर्भिस लि. बुटवल सेवा केन्द्रले आफ्ना सदस्यहरुलाई निःशुल्करुपमा केबुलकार यात्रा र कामाख्यादेवी मन्दिर दर्शन गराएको छ ।
सहकारीले शुक्रबार र शनिबार गरी तीन सय जना भन्दा बढी शेयर सदस्यहरुलाई केबलकार यात्रा गराएको आइएमई कोअपरेटिभ सर्भिस लि. बुटवल सेवा केन्द्रका व्यवस्थापक विष्णु वस्तीले बताए ।


सो अवसरमा आइएमई ग्रुपका निर्देशक रुद्र पौडेलले शेयर सदस्यहरुलाई स्वागत गरेका थिए ।
कूल ५ अर्ब रुपैयाँ लागतको आयोजना मध्ये पहिलो चरणमा केबलकारमा साढे तीन अर्ब लगानी भएको छ भने टप स्टेसनमा डेढ अर्ब लागतमा डेढ सय कोठाको पाँचतारे होटेल, क्यासिनो र ७ सय जना क्षमताको सेमिनार हल, पार्कलगायतका संरचना निर्माण हुने क्रममा छन् । आईएमई समूहको मुख्य लगानी रहेको यसमा ४९ प्रतिशत लगानी स्थानीयको रहेको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार