कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार

बुटवल । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विवादास्पद नागरिकता विद्येयकको विरोधमा अनेरास्ववियु रुपन्देहीले बुटवलमा राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बुख्याचामा जुत्ता प्रहार गरेका छन् ।
नागरिकता विद्येयक सदनलाई समेत छलेर मन्त्री परिषदको निर्णयबाट राष्ट्रपतिले प्रमाणीकरण गर्नु देशको हित विपरीत रहेको भन्दै अनेरास्ववियु रुपन्देहीले राष्ट्रपति रामचन्द्र पा्रैडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बुख्याचामा जुत्ता प्रहार गरेको हो ।
जुत्ता प्रहार कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य साजन भण्डारी, लेखा आयोग सदस्य दिपक चापागाईं, जिल्ला उपाध्यक्ष रमेश ढकाल, सचिब प्रकाश पराजुली का साथै जिल्ला सदस्यहरु बिजय कार्की, निरज आचार्य, शन्तराज रसाईली, रोशन घिमिरे, गुन बहादुर श्रेष्ठ, प्रदिप सापकोटा, योगेन्द्र रायमाझीले बोल्दै तत्काल राष्टपती पौडेलले गरेको निर्णय फिर्ता लिन आग्रह गरेका साथै । साथै अनेरास्ववियु रुपन्देहीले भारतले नेपाली भूमि समावेश गरेर बनाएको नक्साको विषयमा सरकार गम्भिर नभएको बताएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित