‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए

केहिदिन अघिबाट मात्रै सन्चालनमा आएको लुम्विनी केवलकार बिद्युत अवरुद्ध भएको बेला करीव १० मिनेट बिचमै रोकिएको छ।

बिहिवार दिउसो करिव साढे ३ बजे आसपास लाईन गएपछि एकैपटक १० मिनेट जति रोकिएको केवलकारको गोन्डुलामा रहेको तिलोत्तमाका मिन तिवारीले बताए।

‘हामी बसन्तपुर पुगेर फर्कदै थियौं अचानक हावा हुरी चल्यो त्यसपछि बिचमै रोकियो’ तिवारीले भने।

तिवारीका अनुसार उनीहरु १० मिनेट रोकिनु भन्दा अघि र पछि ५।६ पटक सम्म रोकिएको थियो। तिवारीले टिकटक मार्फत भिडियो सार्वजनिक गर्दै आफुहरुलाई डर लागेको उल्लेख गरेका छन्। उनले भनेका छन् ‘लाईन गएको हो भने जेनेरेटर चलाउनु पथ्र्यो, सिस्टम ह्याङ भएको हो की केहो ध्यानआर्कषण गराउन चाहन्छु।’

त्यसैगरी बिजु अफिसियल नामका टिकटक प्रयोगकर्ताले आफुहरु केवलकारमा अडकिदा निकै डरलागेको र त्रसित भएको भन्दै गोन्डुलाबाटै भिडियो सार्वजनिक गरेका छन्।

उनले भिडियोमा भनेका छन् ‘६ पटक बन्दै भैसक्यो अहिले पनि १० मिनेट जति रोकिएको हामी अत्यन्तै डराएका छौ जोड संग हावाहुरी लाई रहेको छ।’

लुम्विनी केवलकार प्रालिका कम्पनी सचिव गोकुल साउदले बिद्युत प्राधिकरणको लाईन अनियमित हुँदा समस्या भएको बताए। उनले समस्या समधानका लागि प्राधिकरणा स‌ग कुरा भइरहेकाे बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित