संजीवनीको १० औ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न बजारमा प्रतिस्पर्धा गर्न व्यवहारिक शिक्षा आवश्यकता छ– प्रदेश प्रमुख शेरचन प्रदेश आयोग लुम्बिनीको सदस्यमा कपिलवस्तुका खनाल र रोल्पाका वली नियुक्त साढे ३ महिनामा ७४ हजार पर्यटकले चढे लुम्बिनी केबलकार आर्थिक ‘मन्दी’ मा पनि लयमा ‘एभरेष्ट कन्फर्ट फुड वेयर’, बार्षिक ५० करोड बढिको कारोबार लुम्बिनीका सामाजिक विकासमन्त्री भन्छन्- शिक्षकका जायज माग पूरा गर्नुपर्छ तिलोत्तमाका सवै गाई गोरुमा लम्पी स्किन विरुद्धको खोप लगाईयो बसन्तपुरमा ४० लाखको जीपलाइन सञ्चालन बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना पक्राउ सम्झ्नामा कर्मयोगका प्रतिकः स्व. खड्ग बहादुर अर्याल                
समाचार :

लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए

केहिदिन अघिबाट मात्रै सन्चालनमा आएको लुम्विनी केवलकार बिद्युत अवरुद्ध भएको बेला करीव १० मिनेट बिचमै रोकिएको छ।

बिहिवार दिउसो करिव साढे ३ बजे आसपास लाईन गएपछि एकैपटक १० मिनेट जति रोकिएको केवलकारको गोन्डुलामा रहेको तिलोत्तमाका मिन तिवारीले बताए।

‘हामी बसन्तपुर पुगेर फर्कदै थियौं अचानक हावा हुरी चल्यो त्यसपछि बिचमै रोकियो’ तिवारीले भने।

तिवारीका अनुसार उनीहरु १० मिनेट रोकिनु भन्दा अघि र पछि ५।६ पटक सम्म रोकिएको थियो। तिवारीले टिकटक मार्फत भिडियो सार्वजनिक गर्दै आफुहरुलाई डर लागेको उल्लेख गरेका छन्। उनले भनेका छन् ‘लाईन गएको हो भने जेनेरेटर चलाउनु पथ्र्यो, सिस्टम ह्याङ भएको हो की केहो ध्यानआर्कषण गराउन चाहन्छु।’

त्यसैगरी बिजु अफिसियल नामका टिकटक प्रयोगकर्ताले आफुहरु केवलकारमा अडकिदा निकै डरलागेको र त्रसित भएको भन्दै गोन्डुलाबाटै भिडियो सार्वजनिक गरेका छन्।

उनले भिडियोमा भनेका छन् ‘६ पटक बन्दै भैसक्यो अहिले पनि १० मिनेट जति रोकिएको हामी अत्यन्तै डराएका छौ जोड संग हावाहुरी लाई रहेको छ।’

लुम्विनी केवलकार प्रालिका कम्पनी सचिव गोकुल साउदले बिद्युत प्राधिकरणको लाईन अनियमित हुँदा समस्या भएको बताए। उनले समस्या समधानका लागि प्राधिकरणा स‌ग कुरा भइरहेकाे बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार