

लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । यसअनुसार गत वर्षको भन्दा करिब १० अर्ब बजेटको आकार घट्ने भएको हो ।
गत वर्ष ४२ अर्ब ६३ करोड ५७ लाख बजेट आएको थियो । तर यस वर्ष सोही बजेटको २० प्रतिशत कटौती गर्ने गरी प्रि–बजेटमा छलफल भइरहेको आर्थिक मामिला मन्त्रालयका कर्मचारीको भनाइ छ ।
विगतको बजेटमा २० प्रतिशत कटौती भएमा ३४ अर्ब १० करोडको हाराहारीमा बजेट आउने छ । यद्यपि अहिले यसका आधारभूत विषयमा छलफल चलिरहेको छ ।
आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको छ ।
‘गत वर्षको बजेट घट्ने निश्चित हो, राजश्व परामर्श समितिले प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पु¥याएको छ, स्रोत अनुगमन समितिको बैठक बसेर गएको वर्षको बजेटको ८० प्रतिशत मात्रै बजेट ल्याउने गरी मन्त्रालयलाई मार्गदर्शन गरिएको छ, यसैमा आधारित भएर आउँछ होला’, प्रवक्ता पाण्डेले भने ।