रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन शुरु

लुम्बिनी । लुम्बिनी विकास कोषले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको खयरडाँडामा उत्खनन शुरु गरेको छ । बुधबार कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगरप्रमुख धु्रव खरेलले संयुक्त रुपमा उत्खननको शुभारम्भ गरेका हुन् ।

देवदह नगरपालिका वडा न. ९ स्थित घोडाहा खयरडाँडामा लामो समयदेखि दरबारक्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयहरुले आवाज उठाउँदै आएका थिए । देवदहका स्थानीय समेत रहेका कोषाध्यक्ष भट्टराईले देवदहका स्थानीय र विभिन्न अभियान्ताहरुले दावी गरे अनुसार देवदहको खोजीका लागि उत्खनन महत्वपूर्ण बन्ने बताए ।

उनले कोषले बौद्धपुरातात्विक क्षेत्रहरुको उत्खनन र संरक्षणमा पुरातात्व महाशाखालाई बलियो बनाएर अभियान सञ्चालन गर्ने योजनामा रहेको बताए । उनले देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरुको पुरातात्विक उत्खनन गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले उत्खनन थालेको बताए । ‘देवदह कुन हो, त्यसका लागि पुरातात्विक रुपमा पुष्टि हुन बाँकी छ, तर खयरडाडा पुरातात्विक स्थल रहेकोमा कुनै शंका छैन’ उनले भने । उनले देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालिन पुरातात्विक स्थलका रुपमा विगतको उत्खननले प्रमाणित गरेकाले त्यहाँको पुरातात्विक स्थलहरुको संरक्षण गर्दै पर्यटकीय आर्कषणको केन्द्र बनाउन नगरपालिकाले काम गर्नुपर्ने बताए ।

उत्खनन शुभारम्भमा देवदह नगरपालिकाका नगरप्रमुख धु्रव खरेलले खयरडाँडाँ क्षेत्र नै कोलिय गणराज्यको राजधानीको दरवार क्षेत्र रहेको दावी गरे । उनले उत्तरतर्फ पुष्करणी दह, पश्चिमपट्टी रोहीणी नदी रहेकाले यहि क्षेत्र नै देवदह भएको आफुहरुको विश्वास रहेको बताए । उनले लुम्बिनी विकास कोषले खयरडाँडामा उत्खनन शुरु गरेर पुरातात्विक स्थल र बुद्धको मावली गाउँ देवदहको खोजीका लागि महत्वपूर्ण योगदान पु¥याउने बताए । नगरप्रमुख खरेलले खयरडाँडामा भेटिएका पुरातात्विक बस्तु र स्मारकहरुलाई नगरपालिकाले संग्रालय बनाएर राख्ने प्रतिबद्धता जनाए ।

लुम्बिनी विकास कोषका पुरातात्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा ७ जनाको टोली उत्खननमा खटिएको छ । लामो समयदेखि स्थानीयहरुको माग रहेपनि विविध कारण हुन नसकेको उत्खनन यो पटक शुरु गरिएको महाशाखा प्रमुख उप्रेतीले बताए । स्थानीयहरुको दावी अनुसार खयरडाँडाँ बुद्धको मावली कोलिय गणराज्यको राजधानी देवदहको दरवार क्षेत्र हो । पुरातात्विक रुपमा देवदहको पुष्टिका लागि उत्खननले महत्वपूर्ण प्रमाणहरु जुटाउने अपेक्षा गरिएको छ । उत्खनन शुभारम्भमा देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हिरा केसि, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगर प्रवक्ता गणेश डुम्रे, वडाअध्यक्षहरू मोहन जिसि र कृष्ण अधिकारी, लुम्बिनी बौद्ध विश्वविद्यालयका उकेशराज भुजु लगायतको उपस्थिती थियो ।

बुधबारदेखि शुरु भएको उत्खनन आगामि असार १५ गते एक महिनासम्म चल्नेछ । उत्खननमा पुरातात्व महाशाखाका प्रमुख उप्रेती सहित नवराज अधिकारी, शुभेच्छा पोखरेल, निशा पन्थी, अम्बिका सुब्बा सहितको टोली खटिएको छ । यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातात्व विभागले भवानीपुरमा उत्खनन गरेको थियो । कोषले यहि आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार कपिलबस्तुको गोटिहवामा चैत २५ गतेदेखि जेठ ३ गतेसम्म उत्खनन गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार