रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

लुम्बिनीका निवर्तमान मुख्यमन्त्री गिरीले गरे ४५ औं गल्र्स एडभान्स तालिमको शुभारम्भ

बुटवल ।
लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले संघियता स्थापना भएपछि लुम्बिनी प्रदेशमा स्काउटका गतिबिधि अगाडी बढेको बताएका छन् । बुधवार नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यालयको ५४ औं उड्वायज तथा ४५ औं गल्र्स एडभान्स तालिमको सुभारम्भ गर्दै गिरीले स्काउटले नेतृत्व र क्षमता बिकास लगायतका तालिमहरु संचालन गरि युवाहरुको क्षमता बिस्तार गरेको बताएका हुन ।
स्काउटलाई आगामी दिनमा थप चलायमान बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए। कार्यक्रम बोल्दै नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले नेपाल स्काउटलाई प्रदेश भरी बिस्तार गर्ने बताए। शारिरिक मानसिक र बौद्धिक रुपमा बालबालिकालाई राष्ट्रको सचरित्रवान नागरिक बनाउने उद्देश्यले लागिपरेको बताए । सुखी नेपाली समृद्ध नेपाललाई साकार पार्न नेपाल स्काउट निरन्तर लागेको बताए । स्काउटले आगामी बर्ष सन् २०३२ सम्म १ लाख अठतिस हजार सदस्य बृद्धि गरि एक घर एक स्काउट एक बिद्यालय एक युनिटको लक्ष्य लिएको बताए। कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं। ११ का वडा अध्यक्ष रामचन्द्र खनाल, नहरपुर माविका प्रधानाध्यापक धनिश्वर गौतम, वडा सदस्य नहकुल शाहि ठकुरी, नेपाल स्काउट रुपन्देही इन्चार्ज भरत अर्याल, नविन औद्योगिक कद्दर बहादुर रित माविका प्रधानाध्यापक प्रेम बस्नेत, उपमहानगरपालिकाका नगर प्रबक्ता शिब राना, नेपाल स्काउट राष्ट्रिय समिति सदस्य विजेन्द्र ध्वजु, प्याब्सन प्रदेश अध्यक्ष लालहरी पाण्डे लगायतले मन्तब्य राखेका थिए। कार्यक्रम नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यालय प्रमुख तारा पुरीको संचालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित