‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सिद्धबाबाको शिर वसन्तपुरमा भारतिय कामाख्या भगवती मन्दिर

बुटवल । पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडा (सिद्धबाबाको शिर) मा भारतिय कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । लुम्बिनी केवलकार प्रा.लिले भारतिय पर्यटकहरुलाई आर्कषित गर्ने योजना अनुसार कामाख्याको मन्दिर प्रतिस्थापन गरेको हो ।

भारतको गुवाहटीस्थित कामाख्या भगवतीबाट विधिपूर्वक आमन्त्रण गरी ल्याइएकी कामाख्या देवीको प्राणप्रतिष्ठा बसन्तपुरमा गरिएको छ ।

यहाँ निर्मित मन्दिरको मध्यभागमा विधिपूर्वक सो शिला राखेर गुवाहाटीस्थित कामाख्या भगवती मन्दिरमा राखिएकैस्वरुपमा निर्माण गरिएको गोलाकारको जलकुण्डमा त्यहाँबाटै ल्याइएको कलशको जल राखी सो कुण्डमा निर्माणभएको अष्टकोणका वेदीमाथि कामाख्या भगवतीको मूर्ति प्राणप्रतिष्ठा आह्वान गरिएको व्यासाचार्य गौतमले जानकारीदिए ।

यसरी कामाख्या भगवती शक्तिपीठमा राख्नुपर्ने श्रीगणेश, दुर्गा, महादेव, विष्णु र सूर्यनारायण भगवानका मूर्ति राखीविधिपूर्वक प्राणप्रतिष्ठा र पुजन गरिएको छ । पाञ्चायान देवताका साथै कामाख्या मन्दिरमा रहेजस्तै पञ्चमुखीकामेश्वर महादेव र कामेश्वर शिवलिङ्गको पनि स्थापना गरिएको छ ।

शास्त्रीय विधि एवं वास्तुशास्त्रका आधारमा कामाख्या भगवतीको मन्दिर कामाख्या शैलीमा नै निर्माण गरिएको छ । यसका लागि करिब दुई वर्षअघि वैदिक सनातन गुरु लक्ष्मण गौतमसहितका आचार्य र लुम्बिनी केबलकारका इञ्जिनियरको समूह गुवाहाटीस्थित कामाख्या मन्दिर गई मन्दिरको संरचनाको शास्त्रीय महत्व र निर्माण शैलीकोअध्ययन गरेर सोहीबमोजिमको मन्दिर यहाँ निर्माण गरिएको लुम्बिनी केबलकारका आयोजना व्यवस्थापक गोकुलसाउदले जानकारी दिए । केबलकार आयोजनाअन्तर्गत नै यो मन्दिर पनि निर्माण गरिएकाले मन्दिरको मात्र निर्माणलागत नछुट्याइएकाले भन्न नसकिने उनले बताए ।

बुटवल बजारबाट केबलकार चढेर पनि कामाख्या भगवतीकोदर्शनका लागि जान सकिन्छ ।

पहिलेदेखि नै नै वसन्तपुरको यही स्थानमा स्थानीयले सामान्य देवीस्थानमा कामाख्या माईको पूजाआजा गर्दै आएकालेसोही स्थानमा सोही स्थानमा व्यवस्थितरुपमा र गुवाहाटीस्थित कामाख्या देवीकै स्वरुपमा मन्दिर निर्माण गरिएकोजानकारी लुम्बिनी केबलकार प्रालिका प्रोजेक्ट इन्जिनियर सनि चौरसियाले दिए ।

भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा लुम्बिनी प्रदशेका अन्य धार्मिक पर्यटकीय क्षेत्रको अध्ययनमा आउनेस्वदेशी तथा विदेशी धार्मिक एवं सांस्कृतिक पर्यटकका लागि कामाख्या भगवती मन्दिर एक नयाँ धार्मिक पर्यटकीयगन्तव्य हुने स्थानीय पर्यटन व्यवसायीहरु बताउँछन् ।

कामाख्या भगवती शक्तिपीठमध्येकी एक देवी हुन् । उनको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्तिपाइने धार्मिक विश्वास रहेकाले भारतमा बर्सेनि लाखौँ भक्तजन पुग्ने गरेका बताउँदै धर्मगुरु किशोर गौतमले भारतकागोरखपुर, लखनउलगायतका नेपालको सीमा क्षेत्रका भारतीय नागरिकका साथै सबै भक्तजनका लागि कामाख्याभगवतीको दर्शन यहीँ सहज हुने जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित