‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

अर्घाखाँचीको जुकेनामा बिपि स्मृति भवन बन्ने

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–५ जुकेनामा बिपि स्मृति भवन बन्ने भएको छ ।

पुर्व सांसद निर्मला क्षेत्री को पहलमा उक्त भवन निर्माण हुने भएको हो । करिब १ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवनको शिलान्यस गर्दै पूर्व प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले विपिको सपनालाई पूरा गर्न पाएकोमा आफु खुसी भएको तर्क गरे ।

पूर्व नेपाली कांग्रेसका संसदीय दलको सचेतक समेत रहेका उनले देश र जनताको लागी विपिले गरेको योगदान कसैले भुल्न नहुने बताए । लुम्बिनी प्रदेश सरकारबाट क्षेत्रीकै पहलमा १० लाख बजेटमा उक्त भवन निर्माणका लागी बिनियोजन भएको थियो ।

भवन शिलान्यस कांग्रृेस नेतृ निर्मला श्रेत्री र नगरप्रमुख छबिलाल पौडेलले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

कार्यक्रममा जिल्ला सभापति केशव श्रेष्ठ , सचिब कृष्ण खनाल , वडा सभापति राम प्रसाद भुसाल , सचिव मुक्ती पौडेल , वडा अध्यक्ष चन्द्रमणी बेल्वासे ,सदस्य मिना परियार , दामोदर न्यौपाने पुर्ब पडाध्यक्ष कमल प्रसाद पौडेल , मिना पौडेल लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको पत्रकार अम्बिका बेल्बासे श्रेष्ठले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित