‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

गुल्मीको ईस्मामा बावुले प्रहार गरेको हसियाले छोराको नाक चटक्कै काटियो

गुल्मीको ईस्मामा एक बाबुले आफ्रनै छोराको नाक हसियाले काटी दिएका छ्न्।
गुल्मीको इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसियाले काटीदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानका अनुसार गएराती भएको घरायसी बिवाद बढदै जादा बाबुले प्रहार गरेको हसियाले छोराको नाक काटिनुका साथै गहिरो चोट लागेको छ।
राती करीव १ बजे भएको घटनाबारे जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी इस्माबाट गएको प्रहरी टोलीले बाबू दिलबहादुरलाई नियन्त्रणमा लिनुका साथै घटनामा प्रयोग भएको हसिया समेत बरामद गरेको प्रहरी उपरिक्षक प्रधानले बताए।
घाइते बावुराम नेपालीको प्रारम्भिक उपचार पछि थप उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाईएको छ।
नियन्त्रणमा लिइएको ब्यक्ती जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए
मदिरा सेवनबाट जिल्लामा सबैभन्दा बढी अपराधिक घटना हुने थलोका रुपमा इस्मा चिनिन थालेको भन्दै स्थानीयले चिन्ता ब्यक्त गर्न थालेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित