आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर                
समाचार :

शान्ति नमुनामा प्राविधिक तालिम सम्पन्न

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमूना माध्यमिक विद्यालयमा सञ्चालित वेटर तथा आर्क वेल्डर तालिम सम्पन्न भएको छ ।
तह–१ को ३ सय ९० घण्टाको तालिम गत फागुन २५ गतेदेखि वैशाख ३१ गते सम्म सञ्चालित गरिएको थियो । तालिममा सहभागीहरुलाई शुक्रबार एक कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको छ । तालिममा २० जना वेटर र २० जना आर्क वेल्डरका गरी ४० जनाको सहभागिता रहेको थियो । वेटर तालिममा ओम खत्री, निशान थापा र सुवर्ण वर्माले सहजिकरण गरेका थिए भने आर्क वेल्डरमा प्रकाश घिमिरे र गणेश न्यौपानेले सहजिकरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बोल्दै अहिलेको समयमा हातमा सिप हुने व्यक्तिहरुले सहजै अवसर प्राप्त गर्न सक्ने भन्दै सिपले मान्छेलाई सक्षम र स्वाभिमानी बनाउने बताए ।
कार्यक्रममा विद्यालयमा प्रधानाध्यापक कुलप्रसाद लामिछाने, सिटिइभिटी संयोजक भीम प्रसाद पाण्डे, डिएचएम संयोजक भोजराज वस्ती लगायतले बोल्दै पढ्दै कमाउदै अभियानमा विद्यार्थीहरुलाई जोड्दै सिपयुक्त बनाउनुपर्नेमा जोड दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित