दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

गार्गी एकेडेमीमा स्वागत तथा अभिमुखीकरण

बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा शनिबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा भर्ना भएका नवआगन्तुक विद्यार्थी स्वागत तथा अभिभावकहरू अभिमुखीकरण गरिएको हो ।

विद्यालयमा यो वर्ष ४२६ जना नयाँ विद्यार्थी थपिएका छन् । विद्यालयका प्राचार्य भुवन अधिकारीले अभिभावकहरुलाई अभिमुखीकरण प्रशिक्षण दिएका थिए । प्राचार्य अधिकारीले विद्यालयले स्थापनाको छोटो समयमा अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको बताए । गुणस्तरीय शिक्षामा विद्यालय सधै प्रतिबद्ध रहेको प्राचार्य अधिकारीले प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयलका अध्यक्ष रणबहादुर थापाले विद्यालय अब्बलतातर्फ लम्किरहेको बताउँदै सबैको साथ र हौसला सधै आवश्यक रहेको बताए । कार्यक्रममा विद्यालयका सल्लाहकारहरू राजेन्द्र ढकाल, भरत पाठक, चन्द्रमणि अधिकारी, विद्यालयका उपाध्यक्ष झविन्द्र अधिकारी, सञ्चालक लोकराज शर्मा लगायतले बोलेका थिए । विद्यालयका सञ्चालक जीवन अधिकारीको स्वागत तथा नेपाली विषय विभागका प्रमुख नवराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सोही अवसरमा विद्यालयले टेवलटेनिसका राष्ट्रिय खेलाडीद्वय रितिम गुरूङ र सुजल आचार्यलाई सम्मान गरेको थियो । कार्यक्रममा विद्यार्थीहरू विभिन्न नृत्यहरू प्रस्तुत गरेका थिए । विद्यालयमा २ हजार ६७ विद्यार्थी अध्ययनरत छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित