रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

किन रोकेको हो जजिराले उडान ?

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा  जजिराले सुरू देखि नै डान थालेको थियो। बीचबीचमा केही प्राविधिक र प्रशासनिक समस्याले उडानमा अवरोध भए पनि जजिरा भैरहवाको नियमित एयरलाइन्सजत्तिकै छ। यसले पछिल्लो समय कुवेत–भैरहवा रूटमा सातामा तीन उडान गरिरहेको थियो।

हाल भने उडान र अवतरणको समय तालिका नमिलेपछि स्थगित गरिएको एयरलाइन्सले जनाएको छ। एयरलाइन्सका जिएसए सोसाइटी इन्टरनेसनल ट्राभलका अध्यक्ष रविचन्द्र सिंहका अनुसार समयमै ट्रान्जिट गराउन एयरलाइन्सले उडान तालिका परिवर्तन गर्दैछ।

‘एयरलाइन्समा साउदी, कतार, युएइलगायत मुलुक पुग्ने यात्रुहरू बढी हुन्छन्। कुबेत पुगेपछि तीनवटै उडानमा पठाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसकारण उडान तालिका पुनर्संरचना नहुन्जेल स्थगित गरिएको हो।’

यसअघि जजिरा मंगलबार, बिहीबार र शुक्रबार बिहान ७:१५ बजे विमानस्थलमा अवतरण हुन्थ्यो र ८:०५ मा कुवेतका लागि उड्थ्यो। यात्रु सुविधाका लागि भन्दै जजिराले प्राधिकरणसँग समय तालिका परिर्वतन गरेर उडान गर्न अनुमति मागेको थियो।

प्राधिकरणका अनुसार जजिराले राति साढे १ बजे अवतरण हुने र साढे २ बजे उड्ने तालिका मागेको हो। तर रातीको समयमा थप उपकरण र कर्मचारी प्रयोग गर्नुपर्ने भएकाले जजिराको माग तत्काल सम्भव नरहेको सूचना अधिकारी ज्ञानेन्द्र भुलको भनाइ छ। रात्रीकालीन उडानका लागि भने मासिक ४० लाखभन्दा बढी खर्च हुने देखिएको उनी बताउँछन्।

‘हाल यहाँ दिउँसो आन्तरिकतर्फ उडान भइरहेकाले उपकरणहरू बन्द गर्न पर्दैन। राती एउटा उडानका लागि सबै कुरा थप सञ्चालन गर्नुपर्दा खर्च धेरै निस्किन्छ,’ उनले भने, ‘त्यसकारण समर-सेड्युल सकिएपछि उडान तालिकामा फेरबदल गर्नेबारे कुराकानी भएको हो।’

उडानका लागि जजिरासँग प्राधिकरणको छलफल भइरहेको छ। तर कहिलेबाट दुई पक्षबीच सहमति भएर फेरि उडान सुरू हुन्छ भन्नेबारे अन्यौल नै छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार